Breaking News
Home / Featured / सरकारको विरोध गाऊसम्मै पुग्यो (फोटो फिचर समेत)

सरकारको विरोध गाऊसम्मै पुग्यो (फोटो फिचर समेत)

भैरहवा। सरकारको असंवैधानिक कदमका विरुद्ध नेपाली कांग्रेसले बिहिवार देशभरका स्थानिय तहका सवै वडाहरुमा विरोध प्रदर्शन गरेको छ।

नेकपाको झण्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिकढंगले पुस ५ गते प्रतिनिधीसभा विघटन गरेसंगै नेपाली काँग्रेसले चरणबद्ध रुपमा विभिन्न कार्यक्रमहरु गरी विरोध प्रर्दशन जारी राख्दै आएको छ ।

सरकारको जनविरोधी कार्यको खबरदारी गर्दै काँग्रेसले बिहिवार देशभरका स्थानिय तहका ६ हजार ७ सय ४३ वटा वडाहरुमा एकैसाथ बिरोध प्रर्दशन एवं विरोधसभा गरेको छ।

यसअघि पार्टीले संघीय निर्वाचन क्षेत्रस्तरीय, प्रदेस सभाका क्षेत्रियस्तरीय ३३० वटा निर्वाचन क्षेत्रहरु, स्थानिय तहका ७५३ वटा पालिकाहरुमा विशेष कार्यक्रम गरी सरकारको असंवैधानिक, गलत घृणीत क्रियाकलापहरु र भ्रष्ट आचारण एवं व्यवहारको विरोध जनाएको छ।

 

मुलुकको जुनसुकै संकटको घडीमा पनि काँग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई मुटुमा राखेर आमनागरिकको भावनालाई आत्मसात गर्दै हरेक क्रान्तिमा अगाडी बढिरहेको छ।

सरकारको असंवैधानिक अलोकतान्त्रिक कार्यको भण्डाफोर एवं खबरदारी स्वरुप नेपाली काँग्र्रेसले पार्टीको केन्द्रिय निर्देशनमा दसैभरका सवैवडाहरुमा विरोध प्रर्दशन गरेको छ।

केन्द्रको निर्देशनमा नेपाली काँग्रेसले रुपन्देहीका १६ वटै पालिकाका सवै वडा समितीमा विरोध कार्यक्रम गरेको पार्टीले जनाएको छ।

पार्टीले प्रत्येक वडाहरुमा अनुगमन, पर्यवेक्षक प्रतिनिधी तोकेर कार्यक्रमलाई प्रभावकारीढंगले संचालन एवं व्यवस्थापन गरेको छ।

यसैविच नेपाली काग्रेस सिद्धार्थनगर नगरपालिका वडा समिती ७ मा वुथ सभापति बसन्तलाल कर्णको अध्यक्षतामा संघीय निर्वाचन क्षेत्र नंं. ३ रुपन्देहीका क्षेत्रिय सभापति मातृका प्रसाद यादवको प्रमुख आतिथ्यता,

पर्यवेक्षक महाधिवेशन एवं महासमिती सदस्य महिला नेतृ माधवी शर्मा, जिल्ला सभापतिद्वय किसन वि.क र विष्णु थापा, महिला संघ केन्द्रिय सदस्य रमा पन्त, नगरसभापति दिलिप धिताल, नगरका निर्वाचित वडा अध्यक्ष भिमसेन कर्मचार्य, निर्वाचित सदस्य किरण घिमिरे, क्रियाशिल सदस्य शम्भु प्रसाद शर्मा पण्डीतलगायतले नेकपा एवं कम्युनिष्ट सरकारको जनविरोधी कार्यहरुको आलोचना गर्दै घोर विरोध गरेका थिए।

यसैगरी सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का नेपाली काँग्रेसका वुथ सभापति श्याम खनालको अध्यक्षता र पार्टीबाट खटिएका पर्यवेक्षक प्रतिनिधी महाधिवेशन प्रतिनिधी एवं महासमिती सदस्य बुद्धि बहादुर जिटीको प्रमुख आतिथ्यतामा वडामा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त विरोधसभामा प्रजातन्त्र सेनानी दीर्घराज काफ्ले, वडाका पूर्व वुथ सभापति एवं वरिष्ट अधिवक्ता गोपाल पाण्डे(अल्छी), क्षेत्रिय कोषाध्यक्ष कृष्ण खनाल, महाधिवेशन प्रतिनिधी नानु मैया, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुर श्रेष्ठलगायतले सरकारको असंवैधानिक कदमको विरोध गरेका थिए।

यसैगरी सिद्धार्थनगरका १३ वटैं वडाहरु एवं रुपन्देही कपिलवस्तु, पश्चिम नवलपरासी, दाङ, पाल्पा, बाके बर्दियालगायत लुम्विनी प्रदेस एवं देसैभरका स्थानिय तहका वडाहरुमा विरोध कार्यक्रम भएको छ।

WHO hand washing technique

Check Also

चुनावको नसामा भैरहवाका व्यापारी

सिद्धार्थ उद्योग वाणिज्य संघमा पदाधिकारीहरु सवै ८ जना, वस्तुगत, एसोसिएट र वाणिज्य महिला सदस्य निर्वीरोध निर्वाचित हुने भाग्यमानी...

Tweet
Share
Pin
Share