Breaking News
Home / Featured / कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

इमरान खान

कपिलवस्तु। अस्पतालका बिरामीले अक्सीजन नपाई अकालमै मृत्यु भएको घटना दर्साउदैं कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले अक्सीजन प्लान्ट निर्माणका लागि स्थानियबाट सहयोग र गृहकार्य जारी राख्दै थप आर्थिक सहयोगका निम्ती प्रदेस र संघिय सरकारसंग आग्रह गरेका छन्।

गौतम बुद्धको गृहनगर, पुरातत्वीक सांस्कृतीक सम्पदाहरुको धनी कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह नेतृत्वको नगर कार्यपालिका टिमले कोरोना महामारीको यस विषम परिस्थितिमा सम्वेदनशिल भई एक करोडको अक्सीजन प्लान्ट निर्माणको अभियानमा जुटेको छ।

नगरपालिकाका प्रमुख सल्लाहकार एवं सामाजिक अभियन्ता, मानव अधिकारकर्मी रबिन्द्रनाथ ठाकुरको सक्रियता नगरमा अक्सीजन प्लान्ट स्थापनाका लागि सहयोग संकलनको अभियान तिव्रगतिमा चलेको छ।

स्थानिय पालिकाहरु, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न संघसंस्थाहरु, देस विदेसमा रहेका नेपाली दाजुभाईहरुसंग सहयोगको अपिल जारी गरिएको छ।

कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, यशोधरा गाऊपालिकाले अक्सीजन प्लान्ट स्थापनाका लागि पहिलो चरणमै आर्थिक सहयोग तौलिहवा अस्पताल विकास समितीलाई उपलव्ध गराएका छन्।

यसैगरी मायादेवी गाऊपालिका, शुद्धोधन गाऊपालिका र विजयनगर गाऊपालिका तथा शिवराज नगरपालिकाले पनि कोरोना रोकथाममा आआफनो क्षेत्रबाट स्थानियलाई सहयोग र संक्रमीत विरामीको उपचार सेवामा निरन्तर लागि परेका छन्।

अक्सीजन प्लान्ट स्थापनाका लागि कपिलवस्तु जिल्लामा कपिलवस्तु नगरपालिकाले अग्रसरता लिएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो।

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको छ।

कोरोना भाईरसको दोस्रो लहरमा विरामीमा अक्सिजनको अभावले ज्यान जानेक्रम बढेसंगै अक्सीजन आपुर्ति सहजढंगले व्यवस्था मिलाउन नेपाली कांग्रेसका युवा नेता एवं कपिलवस्तु जिल्ला समन्वय समिति सदस्य अनुप कुमार पाण्डेयले स्थानिय, प्रदेस र संघीय सरकारसंग आग्रह गरेका छन।

अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीहरुका लागि वेडको अभाव र अक्सीजन नपाएको घटनाप्रति चिन्ता प्रकट गर्दै युवा नेता पाण्डेय यस विषम परिस्थितीमा सवैले आआफनो क्षेत्रबाट सकारात्मक सहयोग गर्न र जिम्मेवार निकायहरु सक्रियढंगले व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिएका छन्।

यसैगरी नेपाली काग्रेसका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेयले अक्सिजनको अभावमा सर्वसाधारणको अकालमै ज्यान जाने घटना साह्रै दुखद भएको बताएका छन्।

जिल्लामा सवै मिलेर स्थानीय तहका जनप्रतिनिधीहरु, प्रदेशसभाका सदस्यहरु र संघीय सांसदहरुले ततकालै जिल्लामा अक्सिजन प्लान्ट राख्न र स्वास्थ्य प्रणालीमा सुधार ल्याउन आग्रह गरेका छन्।

दुई मिटर दुरी डिस्टीनस कायम गर्ने, नाक मुख छोपीने गरी राम्रोसंग अनिवार्य रुपमा माक्स लगाई राख्ने, पटक पटक सावुन पानीले हात धोईरहने, अनावश्यक रुपमा घरबाहिर नहिड्ने गरौं र निषेधाज्ञालाई पालना गर्दा कोरोना भाईरस संक्रमणलाई चेन ब्रेक गर्नसकिने एक मात्र उपाय भएको स्वास्थ्यकर्मीले बताएका छन्।

तौलिहवा अस्पतालका मेसु डा. विकास वन्जाडेले कोरोना भाईरसको उपचारका लागि यहि नै औषधीले ठिक हुन्छ भन्ने कुरा प्रमाणीत नभएकोले सोसियल डिस्टेनस कायम गर्ने, खोप लगाउने,

माक्सको प्रयोग गर्ने र पटकपटक हातमुख धोई स्वास्थ्य सरसफाईमा ध्यान दिने र पोषणयुक्त सन्तुलित आहार विहार एवं नियमित सामान्य व्यायम योगा गर्दा कोरोना भाईरसलाई जित्न सकिने धारणा राख्नुभयो।

संक्रमीत विरामीहरुको उपचारमा अग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवल वढाउन र उनीहरुको कार्यलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ।

WHO hand washing technique

Check Also

अक्सीजन व्यवस्थापनमा सेना परिचालन

अक्सिजन प्लान्टमा परिचालित प्रहरीले व्यवस्थापन गर्न कठिन भएपछि शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा निकायसहितका सरोकारवालाको संयुक्त बैठकले सेना परिचालन गर्ने निर्णय

Tweet
Share
Pin
Share