Breaking News
Home / Featured / मुलुकका १२ अस्पतालमा अक्सीजन प्लान्ट राख्न १७ करोड विनियोजन

मुलुकका १२ अस्पतालमा अक्सीजन प्लान्ट राख्न १७ करोड विनियोजन

कपिलवस्तु। संघिय सरकारले अस्ती बजेट बाडफाड गर्दा बर्दिया र कपिलवस्तु जिल्लालाई छुटाएपछि कपिलवस्तुवासीले सरकारले विभेद गरेको गुनासो गर्दै सरकारको विरोध जनाएका थिए।

कोभीड १९को महामारी झेली रहेको कपिलवस्तु अस्पताललाई बजेट नछुटाएकोमा साझा प्रयास अभियानले सरकारलाई ध्यानाकर्षण गराई ज्ञापनपत्र समेत पठाएको थियो।

हेर्नुहोस् कुन अस्पताललाई कति रकम ? (रकम विनियोजन पत्रको निर्णय)

यसैविच अर्थ मन्त्रालयले तौलिहवा अस्पतालका साथै श्रीचन्द्र अस्पताल परासी, वर्दीया, अर्घाखाची, पाल्पा, प्यूठान, प्रादेशीक अस्पताल दाङ, स्याङजा, वैतडी, डोटी, तेह्रथुमका अस्पतालहरु अक्सीजन प्लान्ट विस्तारका लागि एक करोड ५० लाखका दरले वजेट दिने निर्णय गरेको छ।

दमौली अस्पताल पाईप लाईन विस्तारका लागि ३० लाख रकम विनियोजन गरेको छ।

मुलुकका विभिन्न १२ वटा अस्पतालमा अक्सीजन प्लान्टका लागि मन्त्रीस्तरको निर्णयले १६ करोड ८० लाख रकम स्रोत सहमती दिने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

अस्पतालका डा. किशोर बन्जाडेसंग समन्वय गरी साझा प्रयास अभियानले मंगलवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालय र अर्थ मन्त्रालयमा ज्ञापनपत्र पठाएको थियो।

यसैविच प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री बृजेश कुमार गुप्तले संघीय सरकारकासंग विशेष आग्रह गरी कपिलवस्तु जिल्ला सदरमुकामको तौलिहवा अस्पताल व्यवस्थापन एवं अक्सीजन प्लान्टका लागि १ एक करोड ५० लाख रकम सहयोग उपलव्ध गराएका छन्। पूर्वमन्त्री गुप्ताले व्यक्तिगत रुपमा पनि सहयोग गरेका छन्।

ज्ञापनपत्रलाई अर्थ मन्त्रालयले बुझि अस्पताललाई ततकालै एककरोड ५०लाख रकम बिनियोजन गरेकोमा प्रमुख जिल्ला अधिकारी एवं जिल्लाका सम्पुर्ण नेता गणको पहल कदमीप्रति आभार व्यक्त गरेको साझा प्रयास अभियानका संयोजक रवि ठाकुरले बताए।

यसैगरी नेपाली काग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य अतहर कमाल मुसलमानले लिडो संस्था मार्फत ५ लाख सहयोग गरेका छन्।

काँग्रेसका जिल्ला सभापति एवं पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले पनि विभिन्न निकाय एवं सरकारलाई झकझकाई आर्थिक तथा प्राविधिक सहयोग जुटाउन विशेष पहल गरिरहेका छन्।

साझा प्रयास अभियानले प्रधानमन्त्री, अर्थमन्त्रालयमा पठाएको ज्ञापनपत्र

WHO hand washing technique

Check Also

अक्सीजन व्यवस्थापनमा सेना परिचालन

अक्सिजन प्लान्टमा परिचालित प्रहरीले व्यवस्थापन गर्न कठिन भएपछि शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा निकायसहितका सरोकारवालाको संयुक्त बैठकले सेना परिचालन गर्ने निर्णय

Tweet
Share
Pin
Share