Breaking News
Home / Featured / ओली श्री ३ महाराज बन्न खोज्दै

ओली श्री ३ महाराज बन्न खोज्दै

कृष्णप्रसाद ढकाल
बुटवल। पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओलीलाई सामन्तीको एजेन्ट बनेर लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने सपना देखेको आरोप लगाएका छन्।

राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षार्थ विहिवार नेकपा प्रचण्ड–माधव समूहले लुम्विनी प्रदेसको बुटवलमा आयोजना गरेको विरोधसभामा प्रचण्डले उक्त कुरा बोलेका हुन।

‘मुलुकमा फेरी श्री ३ माहाराज बन्न खोजेका, चाहेकालाई लुम्विनीवासीले धरासाही बनाउनु पर्ने अवस्था आएको छ।’ अध्यक्ष प्रचण्डले भने।

लुम्विनी यस्तो भूमी हो, यहाँ जनयुद्ध, लोकतन्त्र, गणतन्त्र, एतिहासीक राजतन्त्रको आन्दोलन सफल पारेको ठाऊ हो।

अहिले फेरी जनताले नचाहदा पनि ओली तानाशाह, निरंकुश श्री ३ महाराजा बन्न खोजको विरोधसभामा प्रचण्डले दोहोराएर भने।

‘हामी एकजना केपी ओलीको विरोध गर्न आएको, भएको नठान्नु, ७० वर्षदेखि जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्न र संवैधानिक जनताको हक अधिकारका लागि हामी अपील गर्न आएका हौं।’ अध्यक्ष प्रचण्डले भने।

‘जनताको बलमा हामीले राजाको श्रीपेच खोसेर जनताले लात हानेको थियो। केपी त केहि होईनन, चुटकीको भरमा परास्त हुनेछ। केपीको स्वचारिता अन्त्य हुनेछ।’

अदालतले संसद पुनस्थापना गर्ने विस्वास व्यक्त गर्दै उनले भने, अदालतमा संसद विघटनको विरुद्ध मुद्धा विचाराधिन रहेकोछ, हामीलाई विस्वास छ, संसद पुनस्थापन हुनेछ।

यदि नभए सवैभन्दा ठूलो अदालत जनता भएकोले संघर्ष एवं आन्दोलनबाट केहि महिनामा नया सरकार लिएर आउने उनले बताए।

यसैगरी नेकपाका वरिष्ट नेता माधव कुमार नेपालले ओलीले गलत काम गरी बकबक गर्दै पत्रकार, कानुनविद, नागरिक अगुवा, आफनै मन्त्री र पार्टीका नेता कार्यकर्ताहरुलाई चिडाउन मात्रै जानेको बताए।

नेकपाको आधिकारी झण्डा, सूर्य चिन्ह आफुसंगै रहेको र मुल पार्टी आफनै भएको जिकिर गर्दै कार्यकर्ताहरुलाई भ्रममा नपर्न र विचल्लीत नहुन आग्रह गरे।

पार्टीभित्रको कुल ४४१ सदस्यमध्ये ७० प्रतिशतको आफूप्रति समर्थन रहेको दावी गर्दै नेता नेपालले पार्टीको निर्णय नमान्ने र अनुशासन विपरीत हिडेका अन्य केन्द्रिय सदस्यहरुलाई छिटैं पार्टीबाट निस्कासन गर्ने चेतावनी दिए।

उक्त विरोधसभामा नेकपामा दोस्रो तहका नेताहरु युवराज ज्ञवाली, वर्षामान पुन, घनेश्याम भूसाल, चक्रपाणी खनाललगायतका नेताहरुले ओलीको कार्यशैली एवं व्यवहारको आलोचना गरेका थिए।

बहुमत सरकारको नेतृत्व गरेका ओलीले असंवैधानिकढंगले गतपुस ५ गते प्रतिनिधीसभा विघटन गरेको प्रति आपती जनाउदैं संसद पुनस्थापनाको माग राख्दै नेकपाले देसभरी विरोधको कार्यक्रम गर्दै आएको छ।

 

WHO hand washing technique

Check Also

चुनावको नसामा भैरहवाका व्यापारी

सिद्धार्थ उद्योग वाणिज्य संघमा पदाधिकारीहरु सवै ८ जना, वस्तुगत, एसोसिएट र वाणिज्य महिला सदस्य निर्वीरोध निर्वाचित हुने भाग्यमानी...

Tweet
Share
Pin
Share