Breaking News
Home / Featured / चुनावको नसामा भैरहवाका व्यापारी

चुनावको नसामा भैरहवाका व्यापारी

पदाधिकारी निर्विरोध, सदस्यमा लडाई, शनिवार मतदान

भैरहवा। सिद्धार्थनगरमा उद्योगी व्यवासायीहरुका विचमा चुनावी सरगर्मी बढेको छ।यसक्षेत्रकै एतिहासीक पुरानो उद्योगी तथा व्यपारीहरुको प्रतिनिधिमुलक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनले यतिवेला सवैलाई जगाएको छ।

यस साधारणसभा तथा आधिवेशनमा अर्थमन्त्री विष्णु पौडेल प्रमुख वक्ताका रुपमा अवसर पाए।

गृह जिल्लाको भैरहवा नगरीमा यो अवसर उनका लागि दोस्रो हो । सभामा अगाडी नै आफनो धारणा राखी मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्नेक्रममा उनले स्थानियवासीबाट दुरव्यवहार खेप्न परेको छ।

यता सिद्धार्थ उद्योग वाणिज्य संघमा पदाधिकारीहरु सवै ८ जना, वस्तुगत, एसोसिएट र वाणिज्य महिला सदस्य निर्वीरोध निर्वाचित हुने भाग्यमानी बनेका छन्।

 

जसमा अध्यक्षमा भिष्मप्रसाद न्यौपाने, वरिष्ट उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्पोट उपाध्यक्षमा अरुण कुमार गोयन्का, उद्योग वाणिज्य उपाध्यक्षमा दिलिपकुमार कान्दु र वाणिज्य उपाध्यक्षमा नेत्रप्रसाद आचार्य रहेका छन्। उनीहरुका विरुद्धमा कुनै उद्योगी व्यवासायी सो पदमा लडन तयार देखिएनन।

यसैगरी महासचिवमा विजय पाण्डे, कोषाध्यक्षमा गोविन्द प्रसाद उपाध्याय ज्ञवाली, सचिवमा दीपेन्द्र प्रधान पनि निर्विरोध भएका छन्।

यसैगरी वाणिज्य महिला सदस्य यमकला न्यौपाने, कर्पोट सदस्य रोहित कुमार अग्रवाल र विकास कुमार गोयन्का, वस्तुगत सदस्यमा कृष्ण प्रसाद घिमिरे निर्विरोध चयन हुन सफल भएका छन्।

संघमा पदाधिकारी, वस्तुगत र कर्पोरेटमा सहमतीका साथ उमेदवारी मनोनयन गरी सर्वसहमतीको प्रयास सफल देखिए पनि वाणिज्यतर्फका १० पद सदस्य र उद्योगतर्फ महिला कोटा र खुला सदस्य पदमा भने कडा पतिस्पर्धा देखिएको छ। संघका सदस्यहरु धेरै योग्य प्रतिस्पर्धी उम्मेदवारहरुको बाहुल्यका कारण चुनाव प्रचार प्रसार प्रभावीत हुनुका साथै तिव्रता पाएको छ।

विगतका चुनावमा भन्दा यस चुनावमा मतदाताहरु धेरै अलमलमा परेका छन्।

मुख्य निर्वाचन अधिकृत शिव प्रसाद गौडेलका अनुसार विधान समेत संशोधन भई तिन वर्षको कार्यकाल घटाएर २ वर्ष गरिएको र अर्कोतर्फ विधानमा वाणीज्य तर्फको खुला १० र उद्योगतर्फको ५ सदस्य पदमा अनिवार्य रुपमा १०मा १० र ५मा ५ पदमा मतदान नगरी घटी वढी गरेमा मत बदर हुने अवस्था रहेको जानकारीदिनुभयो। यसर्थ उम्मेदवारहरु खतरामा परेका छन्।

उम्मेदवारहरु रोजाईमा परे पनि मतपत्रमा निस्चित पदसंख्यामा भन्दा घट बढ भए पाएको मत बदर हुनपुगी घाटा पुग्नेछ। उद्योगी व्यापारी मतदातालाई मतदानको सचेतना एवं शिक्षामा कमी भए यसपाली धेरै मत वदर हुने भाग्य वलियो भएकाले चुनाव जित्ने प्रवल संभावना रहेको छ।

यी वाणिज्य सदस्य पदका प्रतिस्पर्धीहरु:

वाणिज्य खुल्ला सदस्य १० पदका लागि १९ जनाको उम्मेदवारी परेको छ। जसमा हरिश सेठीया, प्रमोद रिजाल, अर्जुन कार्की, प्रितम रौनियार, धर्मविर शर्मा, गोपाल भण्डारी, कुष्णप्रसाद अधिकारी, त्रिलोकी प्रसाद तेली, गौरव श्रेष्ठ, विशाल जयसवाल, कमल प्रसाद मरासीनी, गंगासागर अग्रहरी, संजय वेरीवाल, धर्मराज आचार्य, जवाहिर अग्रहरी, रामवचन गुप्ता, दिनेशमान अमात्य, अभिनव मयुर कसौधन, संचित खन्ना विच कडा प्रतिस्पर्धा देखिएको छ।

उम्मेदवारहरु सवै मिलनसार योग्य भएका कारण प्रतिस्पर्धा वढेको हो। तर एक मतले अगाडी पछाडी हुने र झिनो मतान्तरले १० जना निर्वाचित हुदैंछन्। शनिवार उम्मेदवारहरुका विच मतपत्रले भाग्य निर्धारण गर्दैछ।

यसैगरी उद्योग सदस्य ५ पदमा ११ जनाका उम्मेदवारका विच प्रतिस्पर्धा रहेको छ। जसमा सुरेन्द्र उपाध्याय पौडेल, मंगल भण्डारी, रामचन्द्र उपाध्याय, भुवन कान्दु, उमाशंकर मिश्र, रमेश घिमिरे, रचना क्षेत्री, हरि थापा, ओम जैसी, पुरुषोतम लम्साल, सन्दीप पौडेलका विच कडा प्रतिस्पर्धा देखिएको छ।

उनीहरुमध्ये धेरै मत ल्याउने ५ जना चयन हुनेछन्।

यसैगरी महिला उद्योग १ सदस्य पदमा ४ जनाको उम्मेदवार मनोनयन दर्ता गराई चुनावी प्रचार तिव्र पारेका छन्। जसमा मिना पन्थी, पल्लवी न्यौपाने, हेमा वेलवासे र विष्णुमाया शर्मा पौडेलका विच कडा प्रतिस्पर्धा देखिएको छ। संघको चुनाव महिलाहरु विच कडा प्रतिस्पर्धा देखिएको हालसम्मकै यो पहिलो हो।

साधारणसभा एवं अधिवेसनको उदघाटनसत्रमा प्रमुख अतिथी विष्णु पौडेलले उद्योगी व्यवसायीको समस्याप्रति आफू गंभीर रहेकोले नीजि क्षेत्रसंगको सहकार्यमा मुलुकको आर्थिक समृद्धि हासिल गर्न सरकार लागि परेको वताए।

उक्तसभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवाल, महेन्द्र श्रेष्ठ, प्रदेस अध्यक्ष कृष्ण प्रसाद शर्मा, महासंघका पूर्व केन्द्रिय सदस्य धु्रव श्रेष्ठ, संघका पूर्व अध्यक्ष ओमकार गौचन, लुम्विनी प्रेस कल्वका अध्यक्ष नरेश केसीलगायतले धारणा राखेका थिए।

साधारणसभाको वन्द सत्रमा महासचिव नेत्र प्रसाद आचार्यले प्रगती प्रतिवेदन, कोषाध्यक्ष दिलिपकुमार कान्दुले आर्थिक प्रतिवेदन पेस गरेका थिए। शनिवार संघमा सदस्य पदमा मात्रै मतदान पक्रियाबाट नयाँ नेतृत्व चयन हुदैछ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share