Breaking News
Home / Featured / नववर्षमा स्याङजाली परिवार रुपन्देहीको भव्य कार्यक्रम…

नववर्षमा स्याङजाली परिवार रुपन्देहीको भव्य कार्यक्रम…

भैरहवा। स्याङजाली परिवार रुपन्देहीले नववर्षको अवसरमा बुधवार क्षेत्रिय अधिवेशन तथा शुभकामना आदनप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

उक्त अवसरमा स्याङजाली परिवार रुपन्देहीको नववर्ष २०७८ सालको भित्तेपात्रो विमोचन गरी वितरण गरिएको थियो।

जिल्ला अदालत रुपन्देहीको नेपाल बार एशोसीएसनको सभाहलमा आयोजित उक्त क्षेत्रीय अधिवेशनले नारायण प्रसाद उपाध्याय सापकोटाको अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिती सर्वसहमतीमा चयन गरेको छ।

जसमा उपाध्यक्षमा हुमनाथ पाण्डेय, सचिवममा बाबुराम पौडेल, कोषाध्यक्षमा कृष्णकान्त मरासीनी चयन हुनुभएको छ।

यसैगरी सदस्यहरुमा गोपाल प्रसाद वाग्ले, सुधिर थापा, विष्णु प्रसाद पौडेल, कृष्णराज ढुंगाना, मनोज क्षेत्री, दिपेन्द्र कार्की, दिपेन्द्र पौडेल, मन बहादुर थापा, कृष्णबहादुर थापा, हुमनाथ चापागाई, नारायणप्रसाद कोईराला, भानुभक्त पौडेल निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता शिवप्रसाद गौडेलले जानकारीदिनुभयो।

क्षेत्रिय अधिवेशन सम्पन्न गर्नका निम्ती स्याङजाली परिवारका वरिष्ट उपाध्यक्ष शिवप्रसाद गौडेलको संयोजकत्वमा अधिवक्ता कृष्णप्रसाद ढकाल र स्याङजाली परिवारका महासचिव विष्णुप्रसाद मरासीनी सहितको तीन सदस्यीय निर्वाचन समिती गठन भएको थियो।

अधिवेशनमा स्याङजाली परिवारका आजिवन सदस्य एवं साधारण सदस्यहरुको सक्रियतापूर्वक उल्लेखनिय सहभागिता रहेको थियो।

स्याङजाली परिवारका सदस्यहरुले एकआपसमा नववर्ष २०७८ सालको शुभकामना आदानप्रदान गर्नुका साथै सदभावपूर्ण भोजन ग्रहणको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका छन्।

उक्त समारोहमा संस्थाका निर्वतमान अध्यक्ष डिआर घिमिरे, वरिष्ट सल्लाहकार दीर्घराज काफ्ले, वरिष्ट उपाध्यक्ष शिवप्रसाद गौडेल, महासचिव विष्णुप्रसाद मरासीनी, उदयराम पौडेल, बाबुराम पौडेललगायतले नववर्षको शुभकामना सन्देश प्रदान गर्नुका साथै नवनिर्वाचित क्षेत्रिय पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिदै संस्थालाई समाजमा प्रसंशनिय काम गरी उच्च समानका साथ पहिचान बढाउनुपर्ने आवश्यकतामा जोडदिएका थिए।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share