Breaking News
Home / राजनीति / लुम्बिनी प्रदेशका तीन मन्त्री कार्वाहीमा, मन्त्रीको सांसद पद गुम्यो

लुम्बिनी प्रदेशका तीन मन्त्री कार्वाहीमा, मन्त्रीको सांसद पद गुम्यो

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीले आफ्नो सांसद पद गुमाएका छन्।

जनता समाजवादी पार्टी (जसपा)को सिफारीशमा लुम्विनी प्रदेशसभा सचिवालयले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई सासंद पदबाट हटाएको छ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्वारा हस्ताक्षरित सूचना प्रदेससभाको बैंठक नबसेका कारण सभामुखको निर्देशन अनुसार प्रदेश सभाको सूचना पाटीमा टाँसीएको छ।

पार्टीको विधी र निर्देशनको अवेज्ञा गर्दै एमालेका मुख्यमन्त्री शंकर पोख्रेललाई साथ दिई मन्त्री भएका पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्रालयमा, यादव भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा र पाण्डेय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा छन्।

उनीहरु जसपा पार्टीभित्र महन्थ ठाकुर पक्षमा लागेका थिए। उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारकता पाएको र जसपाको केन्द्रिय कार्यकारीणी समितिको बैंठकको निर्णय एवं पार्टीको विधान बमोजिम कार्वाही गर्दै उनीहरुको सांसद पद मुक्त गर्न प्रदेस सभामा पत्राचार गरेको थियो।

यसैविच शुक्रवार संघीय सरकारले नयाँ नियुक्त गरी पठाएका प्रदेश प्रमुख अमिक शेरचनले लुम्विनीमा पदभार ग्रहण गर्नुभएको छ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले कालीगण्डकी–तिनाउ डाइभर्सन गर्नुपर्ने धारणा राखेका छन्।

गण्डकी प्रदेससंगको विवाद सुल्झाएर डाईभर्सनको काम अगाडि बढाउन आफूले प्रयास गर्ने उनले बताएका छन्।

जैविकता, वातावरणीय प्रभाव, धार्मीक आस्थामा समेत चोट पुग्ने, चुरे क्षेत्रमा पहिरोको खतराको जीखीम बढ्ने औलाउदैं ततकाल सर्वोच्च अदालतले काली–गण्डकी डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ।

प्रदेश प्रमुख शेरचनको स्वागत कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीहरु उपस्थित थिएनन्।

WHO hand washing technique

Check Also

देउवा भैंरहवामा, गगन चितवनमा, प्रवक्ता ललितपुरमा गर्जदै

काँग्रेसले सोमवार देसभर प्रर्दशन गर्दै  भैरहवा। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन …

Tweet
Share
Pin
Share