Breaking News
Home / देश/समाज / गृह जिल्लामा अर्थमन्त्री माथि दुरव्यवहार

गृह जिल्लामा अर्थमन्त्री माथि दुरव्यवहार

अर्थमन्त्री विष्णु पौडेलले स्थानियवासीको विरोधका बाबजुद मोतिपुर औद्योगिक क्षेत्रको शुक्रवार शिलन्यास गरेका छन्।

स्थानियवासीले अर्थमन्त्रीलाई लक्षीत गरी ढुंगा प्रहार गर्नुका साथै उनको शिलान्यास नाम अभिलेख समेत तोडफोड गरिदिएका छन्।

कडा सुरक्षाका साथ अर्थमन्त्री पौडेल गृह जिल्ला रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका थिए। औद्योगिक क्षेत्रमा दुईहजार वढी स्थानियको घरजग्गा पर्ने र त्यसबाट प्रभावित नागरिकको समस्यालाई सरकारले कुनै संवोधन नगरेको र ठोस पहल नगरी शिलान्यास गर्नथालेको भन्दै स्थानिय आक्रोशीत हुदै आपती प्रकट गरेका हुन।

विरोध एवं नारावाजीका बाबजुद पनि अर्थमन्त्री पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गरे तर भाषण गर्न पोडिएम तर्फ जादै गर्दा ढुगां प्रहार भएपछि उनी बाहिर निस्केका थिए।

उक्त घटनामा स्थानिय र प्रहरी समेत गरी ६ जना बढी घाईते भएको स्थानिय रमेश खनालले बताए।

यसअघि अर्थमन्त्री विष्णु पौडेल सिद्धार्थ उद्योग वाणिज्य संघको नवनिर्मीत अत्याधुनिक भवनको उदघाटन गरी औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका थिए।

सरकारले त्यस क्षेत्रमा करिब ८ सय विगाहा जमिनमा औद्योगिक क्षेत्र बनाउने महत्वकाक्षी योजना बनाएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दबहादुर बस्नेतले स्थानियवासीले दावी गरेजति नभई मोतिपूर औद्योगिक क्षेत्र निर्माण गर्दा करिव २ हजार ३ सय घर परिवार प्रभावित हुने र त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो।

यथास्थीतीमा काम अगाडी बढाउदा ४ हजारबढी घरपरिवार प्रभावित हुने स्थानियवासीको भनाई छ।

स्थानियको स्मस्या वुझी उपयुक्त विकल्प दिएर औद्योगिक क्षेत्रको विकास निर्माण कार्य अगाडी बढाउन स्थानियले आग्रह गरेका छन्।

सिलान्यास कार्यक्रममा विरोधमा उत्रेका स्थानियवासीलाई चेतावनी दिदै उद्योग मन्त्री लेखराज भट्टले भने। विकास निर्माण गर्दा यहाँ विरोध हुन्छ भने सुदुरपश्चिममा स्वागत गरिनेछ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share