Breaking News
Home / Featured / आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

प्रदिप सुबेदी
आज वैशाख कृष्णपक्षको औंसी तिथी। आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी। शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ।

यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन चलिआएको छ। आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी।

सामाजिक सञ्जालमा झनै बढी सम्झना र भावना देख्न पाइन्छ। सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ताले आमाको नाममा पोखिएका भावना र सम्मान छताछुल्ल रुपमा देख्न पाइन्छ यसरी कतिले आँखा रसाउंदै भावनामा डुबेर आमालाई सम्झदै फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालमा पोखिएका यी भावबाटै प्रष्ट हुन्छ संसारमा आमाभन्दा ठूलो अरु कोही छैनन्।

आमाले भन्दा बढी माया अरुबाट पाउन पनि सकिदैन। उमेरले ७२ काटिसकेकी मेरी आमा आज पनि उकाली ओरालीमा हामीलाई पछाडि पार्दै सबै काम आफैं गर्न अगाडि तम्सिनुहुन्छ। हामी दैनिकजसो बिरामी भएर आमाको खोज्दथियौ तर, आजसम्म मेरी आमा बिरामी भएर ओछ्यानमा सुतेको मैले देखेकै छैन।

बिहान ३ बजेबाट आमाको काम सुरू हुने बेलुकी ८ बजे सम्म काम नसकिने कठै अहिले सम्झन्छु। आमालाई त्यो बेला कति गाह्रो भयो होला।

हामी ७ जना केटाकेटी कोही धान रोप्दारोप्दै कोहि बोटमुनी जन्मेका, कोही गोठमा गाइभैंसीलाई स्याहार्दा त सुत्केरी बेलामा नै किन नहोस खेतबारी, जंगलका घाँस दाउरा, गोठका गाई भैंसी, घरका लुगा धुने, खाना पकाउने, सबैलाई खुवाउने, भाँडा माझ्ने, इत्यादि कामका चाँग पुरा गर्दा पनि मेरी आमाको अनुहार कहिल्यै थकित देखिनँ।

आमाको माया जो छोराछोरी माथि खनिएर बसेको हुन्छ। आमाको जस्तो माया संसारको जुन कुनामा खोजे पनि पाइँदैन। जतिनै पैसाले किन्छु भने पनि नपाउने एक मात्र चिज आमा हो र उहाँको स्नेह।

संस्कृतमा श्लोक छ: ’जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’’
 कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन्। आमा महान् छिन्।

विश्व भर फौलिएको कोभिडबाट सबै आमाहरूलाई सुरक्षीत राख्यौ छोराछोरीले वर्षमा एकदिन मात्रै होइन, बर्षमा ३६५ दिननै आमाको ख्याल गर्न सकून् आमालाई खुशी दिन सकुन्।

आमालाई माया गर्नु भनेको भगवानलाई माया गर्नु हो। आखिर पृथ्वीको सृष्टि ब्रह्माले गरे पनि हामी छोराछोरीको सृष्टि आमाले गर्नुभएको छ।

आमाको मुख हेर्ने दिन अर्थात् मातातिर्थ औसीको सबैलाई शुभकामना।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share