Breaking News
Home / Featured / देउवा भैंरहवामा, गगन चितवनमा, प्रवक्ता ललितपुरमा गर्जदै

देउवा भैंरहवामा, गगन चितवनमा, प्रवक्ता ललितपुरमा गर्जदै

काँग्रेसले सोमवार देसभर प्रर्दशन गर्दै 

भैरहवा। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा सोमबार पुनः देशभर ७७ वटैं जिल्लामा प्रदर्शन र जनसभाको तयारी गरेको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधीसभा विघटनको असंवैधानिक एवं अलोकतान्त्रिक कदमको काँग्रेस, नेकपा भित्रैको प्रचण्ड–माधव समूह, जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरुले विरोध गर्दै आईरहेका छन्।

काँग्रेसले सभालाई प्रभावकारी बनाउन जिल्ला–जिल्लामा केन्द्रबाट प्रतिनिधिसमेत तोकेको छ।

पार्टीका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरस्थित लगनखेलमा, केन्द्रीय सदस्य गगन थापाले चितवनमा, पूर्वमहामन्त्री प्रकाशमान सिंह पोखरामा, केन्द्रीय सदस्य रामशरण महत काभ्रे र केन्द्रीय सदस्य प्रदीप पौडेल दैलेखमा हुने कार्यक्रममा सहभागी भई पार्टी र आ–आफनो धारणा राख्ने कार्यक्रम निस्चित भएको छ।

नेपाली काँग्रेस रुपन्देहीले सोमवार भैरहवामा कार्यक्रमको तयारी गरिहेको र पार्टीका केन्द्रिय सभापति शेरबहादुर देउवा आउने प्रदेससभा क्षेत्रिय सभापति पुरन श्रेष्ठले जानकारीदिनुभयो।

WHO hand washing technique

Check Also

मुलुकका १२ अस्पतालमा अक्सीजन प्लान्ट राख्न १७ करोड विनियोजन

कपिलवस्तु। संघिय सरकारले अस्ती बजेट बाडफाड गर्दा बर्दिया र कपिलवस्तु जिल्लालाई छुटाएपछि कपिलवस्तुवासीले सरकारले विभेद …

Tweet
Share
Pin
Share