Breaking News
Home / खेलकुद / सैनामैना डिभिजन ‘ए’ मा प्रवेश

सैनामैना डिभिजन ‘ए’ मा प्रवेश

रुपन्देही सुपरलिग जारी : सैनामैना डिभिजन ‘ए’ मा प्रवेश 

भैरहवा। सिद्धार्थ रंगशाला भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतरबार प्रोफेसनल मास्टर्स ११ लाई पराजित गर्दै सैनामैना क्रिकेट कल्व डिभिजन (ए)मा प्रवेश गरेको छ।

डिभिजन (बी)को खेलमा सैनामैनाले प्रोफेसनल मास्टर्सलाई ७ विकेटले पराजित गरेको छ।

४३ ओभरको उक्त खेलमा टस जितेर ब्याटिङमा आएको प्रोफेसनलले २९.२ ओभरमा अलआउट हुँदै ९१ रनमा सिमीत भएको थियो।

प्रोफेसनलका लागि सुजन मकाजुले २८ र अमर रसाइलीले २४ रन बनाए। बलिङमा प्रोफेसनलका अनिल जैसवारले २ र जितेन्द्र साहनीकाले १ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा सैनामैनाले १९ ओभर ४ बलमा ३ विकेट क्षतिमा ९२ रन बनाउँदै लक्ष्य भेट्टायो। सरोज पौडेलले नटआउट ४१, अंकीत परियारले १६ रनको योगदान दिएका थिए। यस्तै बलिङतर्फ सैनामैनाका उदय पन्तले ९ ओभरमा १ मेर्डन राख्दै २५ रन खर्चेर ५ विकेट र विशाल भुसालले २ विकेट लिएका थिए।

खेलमा उदय पन्त म्यान अफ द म्याच घोषित भई पुरस्कृत भए। सोमबार शंकरनगर क्रिकेट क्लब र ज्ञानोदय क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।

म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ।

नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

Yatra Gear

Check Also

राखेपका लागि छनोट खेल सुरु

छनोट खेलले प्रदेसभित्रै अन्तरजिल्लाबीच प्रतिस्पर्धा हुने र अर्कोतर्फ राष्ट्रिय खेलका लागि उत्कृष्ट खेलाडी छनोट गर्नमा मद्धत पुग्ने विश्वास

Tweet
Share
Pin
Share