Breaking News
Home / जीवनशैली/स्वास्थ / खुल्ला रक्तदान कार्यक्रममा उत्साह

खुल्ला रक्तदान कार्यक्रममा उत्साह

भैरहवा । नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रम उत्साहजनक रुपले सम्पन्न भएको छ ।
पुर्व सांसद तथा समाजसेवी इस्तियाक अहमद खाँले रक्तदान जीवन दान भन्ने नाराको विचारलाई आत्मसाथ गर्दै आजसम्म बैज्ञानिकहरुले हरेक अंगप्रत्यंग बनाउन तथा ट्रान्सफर गर्न सफल भएपनि रगतको आविस्कार गर्न नसकेको धारणा राख्नुभयो ।
यसैगरी नेपाल भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी वेलहियाका सल्लाहाकार डा. शान्त कुमार शर्मा, नेपाल रेडक्रस सोसाइटीका पूर्व जिल्ला उपसभापति रामचन्द्र उपाध्याय, नेपाल भंसार एजेन्ट संघ वेलहिया भैरहवाका निवर्तमान अध्यक्ष कृष्ण घिमिरेले रेडक्रसको अभियानसंगै रक्तदाताहरुलाई सक्रियढंगले उत्प्रेरीत गर्नुभएको थियो ।
उपशाखा अध्यक्ष सुशील गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा वडा अध्यक्ष रमेश मल्ल, वेलहिया गाउँ समाजका अध्यक्ष मोहनसिंह शाही, सिद्धार्थ जेसीजका अध्यक्ष राकेश गुरुङ्ग, विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर कुँवर, वेलहिया मा.वि. व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्री, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामबहादुर बस्नेत, गृहलक्ष्मी समुहका अध्यक्ष देवि न्यौपाने, दिदी बहिनी समुहका अध्यक्ष मनु गुरुङ्ग, जनप्रतिनिधि मिनबहादुर गुरुङ्ग, समाजसेवी यामबहादुर थापा, सुमन शर्मा पनि उक्त रक्तदान कार्यक्रममा सहभागि भएका थिए ।
रक्त सञ्चार केन्द्र भैरहवाका पदम बस्यालले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भुमिकाको बारेमा आप्mनो धारणा राख्नुभएको थियो ।
यसैविच उक्त अवसरमा नव वर्ष २०७६को शुभकामना आदनप्रदान गर्नुका साथै रेडक्रसमा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै वेलहिया उपशाखाले डा. शान्त कुमार शर्मालाई नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्यताले सम्मान गरेको छ ।

रक्तदान कार्यक्रम मार्पत कुल ३४ प्वाइण्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमका संयोजक भरत थापाकोे स्वागत र माधव शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share