Breaking News
Home / Featured / घुस लिने जनप्रतिनिधी र सरकारी वकीलका कर्मचारी अख्तियारको फन्दामा

घुस लिने जनप्रतिनिधी र सरकारी वकीलका कर्मचारी अख्तियारको फन्दामा

भैरहवा। अख्तियार दुरुपयोग अनुसधानको कार्यालय बुटवलको टोलीले बुधवार रुपन्देहीमा एक जनप्रतिधि र उच्च सरकारी वकीलको कार्यालयका सहयोगीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ।

सेवाग्राहीलाई विभिन्न वहाना बनाई दुःख दिई रकम लिएको आरोपमा रुपन्देही सम्मरिमाई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्रबणकुमार यादवलाई रंगेहात ७० हजार नगद सहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सुचना अधिकारी सुरेश भुसालले जानकारीदिए।

अध्यक्ष यादवले जग्गाको चौकीला बनाउने दुःख दिएको र सेवाग्राहीबाट ७० हजार घुस रकम लिदै गर्दा अख्तियारको टोलीबाट पक्राऊमा परेका हुन।

यसैगरी अख्तियारको फन्दामा उच्च सरकारी वकीलको कार्यालय बुटवलमा कार्यरत कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार नगद घुस सहित पक्राउ परेका छन।

बन्दी प्रतक्षीकरण मुद्धामा सेवाग्राहीलाई सहजीकरण गराईदिने भन्दै यादवले घुस रकम मागेर लिदै गर्दा नियन्त्रणमा परेको सुचना अधिकारी भुसालले बताए। दुबैजनालाई अख्तियारको कार्यालय बुटबलको नियन्त्रणमा राखि थप अनुसन्धान कावाही अगाडी वढाईएको छ।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share