Breaking News
Home / Featured / लुम्बिनी प्रदेसमा टाइफाइड विरुद्धको खोप अभियान सुरु

लुम्बिनी प्रदेसमा टाइफाइड विरुद्धको खोप अभियान सुरु

भैरहवा। लुम्बिनी प्रदेशमा मंगलबारदेखि टाईफाईड विरुद्धको खोप अभियान थालिएको छ।

लुम्विनी प्रदेसका १२ जिल्लामध्ये मंगलवार पहिलो चरणमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा टाइफाइड रोग विरुद्धको ‘टाइफाइड कन्जुगेट खोप’ (टीसीभी) लगाएर औपचारिक रुपमा सुरुवात गरिएको छ।

यसैगरी चैत २३ गते बुधवारदेखि दाङ, बाँके, बर्दिया, पाल्पा र रोल्पा जिल्लामा खोप अभियान सञ्चालनको तयारी पुरा भएको छ।

यसबाहेक प्रदेसका बाँकी जिल्लाहरु रुकुमपूर्व, गुल्मी, अर्घाखाँची र प्यूठानमा चैत २५ गते शुक्रबारदेखि खोप अभियान सञ्चालन हुने लुम्विनी प्रदेस सरकार स्वास्थ्य निर्देशनालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपाल सरकारले टाइफाइड रोग विरुद्ध पहिलो पटक निःशुल्क खोप अभियान सुरु गरेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्विनी प्रदेशभरी १३ लाख १३ हजार ९८९ बालबालिकालाई खोप दिने तयारी भएको जनाएको छ।

१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई लक्षित गरी एक मात्रा खोप दिने अभियान थालिएको छ।

दिसा मिसिएको, दूषित पानी तथा खानाका कारण टाइफाइड रोग लाग्ने स्वास्थ्यकर्मीले बताएका छन्।

खोप अभियान सफल पार्न स्थानिय पालिका भित्रका नीजि, सामुदायिक तथा सरकारी विद्यालयहरुलाई समेत विद्यार्थीहरुको अनुपात र पायकका आधारमा खोप सेन्टर कायम गरीएको छ।

पालिका भित्रका अस्पताल, शिक्षण अस्पताल र प्राथामीक स्वास्थ्य चौकीहरुमा स्थानिय वालवालिका र विद्यार्थीहरुलाई खोप लगाउने व्यवस्था मिलाईएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले जानकारीदिनुभयो।

यसैविच रुपन्देहीमा दुई लाख ६६ हजार ५१८ बालबालिकालाई खोप लगाइने योजना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताउनुभयो।

जसका लागि जिल्लामा ९६६ खोप केन्द्र कायम गरीएको छ। खोप अभियान सफल पार्न कै निम्ती स्वास्थ्य कार्यालयले एकहजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ सुपरीवेक्षक, ११ जिल्ला सुपरीवेक्षक तथा छ वटा सहयोगी संघसंस्था परिचालन भएको र अधिकांश खोप केन्द्रहरु विद्यालयमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताउनुभयो।

रूपन्देहीका १६ पालिकामध्ये चैत २२ देखि २७ सम्म पहिलो चरणमा १२ वटामा खोप अभियान सुरु भएको छ।

सुरुमा बुटवल, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारीमा पहिलो चरणमा लगाइनेछ।

वैशाख ६ देखि १४ सम्म चल्ने दोस्रोचरणमा बाँकी चारवटा पालिकाहरु तिलोत्तमा नगरपालिका, सियारी, ओमसतिया र रोहीणीमा खोप अभियान संचालन गर्ने तयारी भईरहेको छ।

टाइफाईड रोग एकलाख विरामी मध्ये एकहजार जनामा देखिने गरेको छ। जसमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकामा ११ प्रतिशत देखिएको हुदा पहिलो चरणमा उक्त समूहलाई खोप लगाउन थालिएको स्वास्थ्य अधिकारीले वताएका छन्।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकभर १५ महिनादेखि १५ वर्षसम्मका बालबालिका ७४ लाख १५ हजार एकसय ६३ जना रहेका छन्।

जसमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा १७ लाख ८७ हजार ८ सय ६५ जना र सबैभन्दा कम कर्णालीमा ५ लाख ३ हजार ९ सय ९५ जना वालवालिका छन् । नेपालमा बर्सेनी करिब ४ लाख ५० हजार जना टाइफाइड रोगबाट संक्रमित हुने गरेको स्वास्थ्य सेवा विभागका अधिकारी बताउछन्।

टाइफाइड रोगका मुख्य लक्षण तथा चिन्हहरू :
– उच्च ज्वरो आउने,
– जाडो हुने, पसिना आउने,
– टाउको दुख्ने, जिउ दुख्ने,
– जिब्रोमा सेतो लेत लाग्ने,

अन्य लक्षण तथा चिन्हहरू  :
– पेट दुख्ने, पखाला लाग्ने वा कब्जियत हुने,
– शरीरमा हल्का राता बिविराहरू आउने,
– सुख्खा खोकी लाग्ने,
– भोक नलाग्ने, वाकवाकी लाग्ने,

पहिचान र निदान : 

लक्षण तथा चिन्हका आधार मा यस रोगको प्रारम्भिक पहिचान हुन्छ। साथै रगत, दिसा, पिसावको जाँच गरेर यो रोग पहिचान गर्न सकिन्छ ।

उपचार र रोकथाम
समयमै स्वास्थ्य केन्द्रमा गई चिकित्सक तथा स्वास्थ्य कर्मीको परामर्स अनुसार उपयुक्त प्रति जैविक औषधिको सेवनबाट टाइफाइड रोगको उपचार गर्नु पर्छ।

यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दुषित खाना र पानीको माध्यम बाट सर्ने भएको हुँदा यसबाट बच्ने मुख्य उपाय भनेकै व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्नु हो । साथै यो रोगबाट बच्न १५ महिनाको उमेरमा एक मात्रा खोप लगाउनु पर्छ ।

खोप दिन नहुने अवस्था :
– पहिला यो खोप वा अन्य खोप वा कुनै वस्तुबाट गम्भिर प्रकृतिको एलर्जीको प्रतिक्रिया भएको,
– एड्स भएको अवस्था,
– हाल उच्च ज्वरो, सिकिस्त विरामी भएकोे अवस्था,
– गर्भवति महिला,
– स्तनपान गराइरहेका महिला,

खोप लगाएपछि हुनसक्ने सामान्य असर :
– खोप लगाएको भागमा रातो हुने, सुन्निने र दुख्ने,
– हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने,
– शरीरमा विमिराहरू आउने,
– हात–खुट्टा दुख्ने, जोर्नी दुख्ने,
– वाक–वाकी लाग्ने, वान्ता हुने,
– एनाफाइल्याक्सिस् प्रतिक्रिया (विरलै सँख्यामा हुन सक्ने)

 

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share