Breaking News
Home / Featured / जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा

जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा


नेपाल सरकारले जेठ १ गतेदेखि लागु हुनेगरी शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको छ।

सरकारले कर्मचारीलाई हप्तामा दुईदिन विदा दिने निर्णयसंगै सरकारी कामकाजीको समय पनि दैनिक एक घण्टा बढाउनुका साथै शुक्रबारको आधा समय कटौती गरेको छ।

जेठ १ गतेदेखि कर्मचारीहरु विहान ९ः३० वजे कार्यालयमा हाजिर भई साझ ५ः३० वजेसम्म कामकाज गर्नुपर्नेछ।

सरकारले विदा दिने उक्त निर्णय मंगलबार मन्त्रीपरिषदको बैंठकले गरेको हो।

सरकारले आर्थिक मितव्यीता अपनाउनका लागि यस्तो निर्णय गरेको जनाएको छ।

कोभिडको प्रभावले राजस्व वृद्धिमा कमी आएको छ भने अर्कोतर्फ देशको शोधनान्तर घाटा एकदमै बढेको छ।

देसमा निर्यात न्यून र आयातमा परनिर्भर हुनुपरेको छ। देसमा विदेशी मुद्रा सञ्चितिले साढे ६ महिनाको वस्तु तथा आयात धान्न मात्र पर्याप्त भएको बताइन्छ।

यसअघि नेपाल विद्युत प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल आयल निगमले इन्धन खपत कम गर्न र आर्थिक मितव्यीता अपनाउनका लागि दुई दिन विदा गर्न सरकारलाई सुझाव दिएका थिए।

सरकारको सहयोगमा नेपाल आयल निगमले भारतीय आयल कम्पनीबाट वार्षिक २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्ने गर्दछ।

सरकारले कार्यालयहरुलाई इन्धन २० प्रतिशतले कटौती गरेको छ।मंगलबार सरकारले विदेशी मुद्राको सञ्चिति घट्न नदिन स्वस्थ्यमा नकारात्मक असर पार्ने १० वस्तुको आयातमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share