Breaking News
Home / देश/समाज / प्रदेस ५ मा अनुसन्धामुलक प्रतिष्ठान निमा बन्दैं

प्रदेस ५ मा अनुसन्धामुलक प्रतिष्ठान निमा बन्दैं

भैरहवा । प्रदेश नं ५ समाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेसमा अनुसन्धानमुलक प्रतिष्ठानको आवश्यकता औल्याउनु भएको छ । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानद्धारा मंगलबार आयोजित बार्षिक उत्सव सेभ डण्डा एक्जीवियुसन कार्यक्रममा उक्त कुरा वताउनु भएको हो। अनुसन्धान मुलक शिक्षालाई महत्व दिएर प्रतिमान–नीमा प्रतिष्ठानले सुरु गरेको अभियान सकरात्मक रहेको उनले वताए । मन्त्री बरालले राष्ट्रको बिकासको लागि अनुसन्धानमुलक तथ्याङको भुमिका अहम हुने तर त्यो तथ्यांक वैज्ञानिक र सत्यतामा आधारित हुनुपर्नेमा उनले जोड दिनुभयो ।

यसैगरी सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीले नगरको विकासमा निमा जस्ता संस्थाहरुले ठूलो भूमीका खेल्ने बताउनुभयो । निमा नगरको एक गहना भएको र यस्ता संस्थाहरुसंग नगरपालिका मिलेर काम गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी कार्यक्रममा संस्थाको कार्यकारी निरर्देशक स्वाती थापाले खासगरी प्रतिष्ठानले तीनवटा अवधारण बोकेर काम गर्दै आएको बताउनुभयो । शैक्षिक, अनुसन्धान र सामुदायिक क्रियाकलापमा हामी काम गर्ने गर्दछौं । प्रतिष्ठानले अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिको, नेपाल स्टडी सेन्टर सस्टेनेबल डेभलपमेन्ट ल्याबस“ग मिलेर हिमालय स्टडी अब्रड कार्यक्रमको आयोजना गरी वातावरण, स्वास्थ्य र सरसफाईको क्षेत्रमा विगत दुई वर्षदेखि काम गर्दै आइरहेको निर्देशक थापाले जानकारीदिनुभयो । अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिकोको साथमा संस्थाले वातावरणको क्षेत्रमा ‘परपल एअर’, प्रदूषण मापन यन्त्र तीनवटा जडान गरेको छ । यन्त्र सिद्धार्थनगर नगरपालिका भित्र साई ग्लोबल कलेज सि.न.पा. ८, रोहिणी गाउपालिका वडानम्बर ३ मा रहेको रामनरेश उ.मा.वि. मा र प्रतिमान नीमा कलेज सि.न.पा.३ मा जडान गरेको छ ।

संस्थाले आगामी दिनमा उक्त प्रविधि बुटवल उपमहानगर पालिका र सिनपाको बेलहियामा विस्तार गर्दै जाने निर्देशक थापाले जानकारीदिनुभयो । यन्त्र वायु क्वालिटी निगरानी गर्ने एक स्वचालित उपकरण रहेको र यसले साना धुलाका कण डिजिटल माध्यमबाट मापन गर्नेछ । विदेसी विद्यार्थीहरु अध्ययन अवलोकनको शिलशिलामा डिसेम्बर १८ देखि निमासंगै मिलेर अनुसन्धानको कार्यमा लागेका छन् ।

यसैविच गतवर्ष संस्थाले जडान गरेको ‘लेजर एग’बाट आएका तथ्यांकहरुलाई संकलन र विश्लेषण गर्दा मानव स्वास्थ्यमा प्रदूषित वातावरणले गर्दा समस्या आएको र विभिन्न किसिमका रोगहरु (स्वाश प्रस्वासमा समस्या, एलर्जी, वाकवाकी लगायत) समस्याहरु बढ्दै गइरहेको देखिएको छ । स्थानीय तह, प्रदेश र संघ सरकारले यहाको प्रदूषण नियन्त्रणमा ध्यान नदिने हो भने रुपन्देहीको हावाको गुणस्तर संसारकै खराब हावामध्ये पर्नसक्ने सम्भावना रहेको जानकारी थापाले दिनुभएको थियो । प्रदूषण नियन्त्रण लागि फोहोर व्यवस्थापन, सरसफाई, धुलोधु“वा नियन्त्रण र खानपानमा ध्यान दिनु अतिआवश्यकता रहेको छ । संस्थाले ‘एक्युराइट वेदर स्टेसन’ जडानगरी डाटा संकलन गर्ने गरेको र डण्डा नदीमा पानीको लेबल (पानी घटबढ) नाप्ने ‘लेभिलगर’ डिभाइस पनि जडान गरिसकेको छ ।

त्यसैगरी प्रो.डा.आलोक बोहराले उक्त कार्यक्रममा प्रतिमा निमा कलेजले यहाको जनताको स्वास्थ तथा वातावरण सम्बन्धी जनचेतना बढाउनको लागी सिटिजन साइन्स क्लबको स्थापना गरेको जानकारीदिनु भयो । सिटिजन साइन्टिस्ट बनाई सिद्धार्थनगर स्वास्थ तथा बातावरण सम्बन्धित चेतनाको विकास गर्दै लैजानुपर्ने आवश्यकता देखिएको डा. बोहराले बताए ।

संस्थाको अध्यक्ष विजया केसीले संस्थाबाट गरिएका कार्यक्रमहरु प्रतिमान निमा स्मृती प्रतिष्ठानका लागी मात्र नभएर प्रदेश नं ५ को समग्र विकासको लागि गर्ने र सिद्धार्थनगर नगरपालिकासंग आगामी दिनमा सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानले समुदायलाई जनचेतना गराउन प्रतिमान–नीमा कलेजका विद्यार्थी, इको क्लब, सुसंस्कृति मावि, पक्लिहवा माविका विद्यार्थीहरु र अमेरिकाको द युनिभर्सिटी अफ न्यू मेक्सिको विद्यार्थीहरुको संलग्नतामा सूचना पार्टी निर्माण गरी नियमित सूचना प्रवाह गर्ने उद्देश्यका साथ डण्डा नदीको छेउमा स्थापना गरी उक्त सूचना पार्टीको माध्यमबाट जनचेतनामूलक सामाग्री राखेर नियमित हात धुनाले रोगको संक्रमण र इकोली जीवणुको संक्रमणलाई कम हुन्छ र खानेकुरा तथा पानीमा इकोलीको संक्रमण भएको अवस्थामा विशेषगरी हात धुनु महत्वपूर्ण हुन्छ भन्ने जस्ता जानकारी दिएको कुरा कार्यक्रममा बताइएको थियो ।

त्यसैगरी प्रतिष्ठानले सामुदायिक क्रियाकलाप अन्तर्गत सिटिजन साइन्सको माध्यमबाट स्थानीय, राष्टिूय र अन्तर्रा्ष्टिूय संघसंस्थासँग हातेमालो गर्दै अन्य फोहोरमैला व्यवस्थापन, महिलाहरुले महिनावारीको समयमा गर्नु सरसफाई तथा जनचेतना, पाठेघरको क्यान्सर, मानसिक स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्दै आइरहेका तथा निकट भविष्यमा आधुनिक प्रविधिमा पहुँच पु¥याउनका लागि समुदाय लक्षित कम्प्युटर तथा जीवनउपयोगी शिक्षा संचालन गर्न कम्युनिटी लर्निङ सेन्टरको निर्माण गरेको र अब उक्त कम्युनिटी लर्निङ सेन्टर संचालनमा ल्याउने तयारीमा रहेको जानकारी दिइएको थियो ।

प्रतिमान-नीमा प्रतिष्ठानकले माथि उल्लेखित कार्यक्रमसँगै रुपन्देही जिल्लासहित प्रदेश पाँचका अन्य ग्रामीण जिल्लाहरुमा पनि काम गर्दै आएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यछ दिपक बोहरा, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, सागर प्रताप राणा लगाएतको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा उत्कृष्ठ बिधार्थी तथा कार्यक्रम संयोजक प्रकाश रायमाझीको सम्मान गरिएको थियो ।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share