Breaking News
Home / Featured / मालपोतका दुई कर्मचारी घुस रकमसहित पक्राउ

मालपोतका दुई कर्मचारी घुस रकमसहित पक्राउ

कपिलवस्तु। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले बुधवार दिउसो कपिलवस्तु मालपोत कार्यालयमा कार्यरत दुईजना कर्मचारीलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

आयोगको टोलिले मालपोत कार्यालयका खरिदार दुर्गाप्रसाद चौधरी र सुर्य प्रसाद मिश्राले सेवाग्राहीबाट घुस लिएको आरोपमा रंगेहात पक्राउ गरेको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भूसालले जानकारीदिनुभयो।

मोही जग्गा नामसरी गरिदिने भनि सेवाग्राहीबाट ६ हजार रुपैया घुस लिएको उनी दुईजनामाथि आरोप लागेको छ। आरोपीत दुवैजनालाई थप अनुसन्धान एवं सोधपुच्छ निम्ती आयोगको कार्यालयले नियन्त्रण राखेको छ।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share