Breaking News
Home / Featured / महेन्द्रलाई गोली हान्ने भारतीय सुटर पक्राउ

महेन्द्रलाई गोली हान्ने भारतीय सुटर पक्राउ

भैरहवा। रुपन्देही प्रहरीले एकमहिना पहिला हुलाकी सडकखण्ड रोहीणी गाऊपालिका ३ बैकुण्ठपुरमा ओमसतिया पटखौली गाउ निवासी महेन्द्र प्रसाद कुर्मीलाई लुटपाट गरी हत्या गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारत उतरप्रदेश गोरखपुर थाना कम्पियरगन्ज मछरी गाँवका ४० वर्षीय मनिष हरिजन (चमार)लाई बुधवार राती नियन्त्रणमा

अभियुक्त हरिजन यादवलाई गोली हान्ने मुख्य सुटर भएको र योजनाकारसंगै दुईजना अझै पक्राउ परि नसकेको प्रहरी उपरीक्षक हेम कुमार थापाले जानकारीदिनुभयो। अपराधीले अपराध स्विकार गरीसकेको र हत्या गर्ने उदेश्य नरहेको तर पैसा नदिएपछि गोली हान्न बाध्य भएको कुरा अभियुक्तले प्रहरी समक्ष प्रारम्भीक बयान दिएको एसपी थापाले बताउनुभयो।

यसैविच प्रहरीले अभियुक्त हरिजनको साथबाट बारदातमा प्रयोग भएको UP 53 DB 9983 नं.को कालो रंगको पल्सर मोटर साईकल समेत बरामद गरेको जनाएको छ। उक्त घटनामा कुर्मीलाई बाटोमा छेकेर नगद पाँच लाख रुपैया लुटेका थिए। 

मृतक कुर्मी भैरहवा बजारको हिमालयन बैंकबाट पाचलाख रुपैया पैसा निकाली लु ९ प ८२३५ नं. को मोटरसाईकल पछाडी श्रीमती बिजय लक्ष्मी कुर्मी र सानो दुधे बालकलाई राखेर घरतर्फ जादै गर्दा भदौं २९ गते रोहीणी गाउपािलका वार्ड नं. ३ बैकुण्ठपुरमा भारतीय नम्बर प्लेटको मोटर साईकलमा सवार अपरिचित व्यक्तिहरुले पैसा लुटी गोली प्रहार गरी हत्या गरेका थिए। फरार अभियुक्तहरुलाई केन्द्रिय अनुसन्धान व्यूरो, जिल्ला सुरक्षा टोलीले व्यापक रुपमा खोज तलास एवं अनुसन्धान सक्रिय प्रयासका कारण भारतीय अपराधी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खडक बहादुर खत्रीले वताउनुभयो।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share