Breaking News
Home / Featured / रुपन्देहीमा मुद्धासंगै न्यायधिश बढे

रुपन्देहीमा मुद्धासंगै न्यायधिश बढे

भैरहवा। नागरिकलाई छिट्टो न्याय दिन एवं मुद्धा टुंगो लगाउन रुपन्देही जिल्ला अदालतमा ईजलाशको संख्या थप भएको छ। सरकारले जिल्लामा न्यायधिशको दरवन्दी थप गरी आठजना बनाएको छ। अदालतमा सातवटा ईजलाश मार्फत न्याय निरुपण सम्पादन हुदैं आएकोमा अहिले एउटा ईजलाश वेन्च थपको तयारी भईरहेको छ।

रुपन्देही जिल्लामा सामाजिक विकृति एवं अपराधीक क्रियाकलाप वृद्धिसंगै विभिन्न प्रकृतिका मुद्धाको चाप बढेकाले सरकारले रुपन्देही जिल्ला अदालतमा ईजलाशको संख्या थप गरेको कानुन व्यवसायीले बताएका छन्।Click To Tweet

जिल्ला अदालतका सूचना अधिकारी गंगा अधिकारीले मंसीर २७ गते शुक्रबारसम्म अदालतमा १ एकहजार चारसय ९९ वटा मुद्धा थपिएको बताए। गतवर्ष फैसला हुन बाकी रही जिम्मेवारी सरेर आएका मुद्धा सहित हाल अदालतमा ३ हजार ९ सय ५२ वटा मुद्धा विचाराधिन अवस्थामा रहेका छन्। जसमध्ये अदालतका ६ जना न्यायधिशले चालुवर्ष ९ सय ६८ वटा मुद्धा फर्छौट गरेका छन्।

एकजना न्यायधिशले वर्षमा कम्तीमा पनि पाँचसय वटा मुद्धा फर्छोट गर्नेलाई कार्यसम्पादन मुल्याकन राम्रो उतम ठानिन्छ। मुद्धाको अनुपातमा अदालतमा न्ययाधिशको संख्या थप हुन आएको छ।

अब अदालतमा मुद्धा नपरे पनि थप गरिएका न्यायधिश सहित ८ वटा वेन्चका लागि मुद्धा प्राप्त ठानिन्छ। तर त्यो संभव छैन चारमहिनामा मात्रै १४ सय ९९ मुद्धाहरु अदालतमा परेका छन् ।

बाँकी ७ महिनामा अझै दोव्वर मुद्धा पर्नसक्ने अनुमान गरिएको छ। अदालतले विगतवर्षहरुको अनुपात एवं अध्ययन अनुसार चालुवर्ष करिव ६ हजार एकसय मुद्धा पर्ने अनुमान गरेको छ। 

यसैविच नेपाल बार एशोसीयशन रुपन्देही जिल्ला अदालत बार ईकाईले एक कार्यक्रम गरी बढुवा भएर जान लाग्नु भएका जिल्लाका मुख्य न्यायधिश रमेश पोख्रेलको विदाई तथा नव आगन्तुक न्यायधिश दीपक ढकालको स्वागत गरेको छ।

पोख्रेल बढुवा भई उच्च अदालत जनकपुर अस्थायी ईजलाश विरगंजमा सरुवा पदस्थापन भएका छन्। यता न्यायधिश ढकाल पर्सा जिल्ला अदालत विरगंजबाट रुपन्देही जिल्ला अदालतमा आएका हुन। उनको ठाऊ पर्सामा यहि जिल्लाका न्यायधिश देवप्रसाद योगी जादै हुनुहुन्छ।

अदालतमा हाल न्यायधिशहरु धनसिंह महरा, मातृका प्रसाद मरासीनी, लिलाराज अधिकारी, दीपक ढकाल र कमल प्रसाद ज्ञवाली कार्यरत हुनुहन्छ। अदालतमा अन्य तीनजना न्यायधिशहरुको वेन्च ईजलाश खाली रिक्त छ।

रुपन्देही आएको पाचमहिनामै बढुवा भएर जानुपर्दा आफ्नो जीवनको एतिहासीक अविस्मरणीय क्षण भएको न्यायधिश पोख्रेलले बताउनुभयो। बुद्धको जन्मभूमी रुपन्देही आफनो लागि धेरै सुखद भएको र रुपन्देही वार एवं यसक्षेत्रका कानुन व्यवसायीहरुबाट सकारात्मक सहयोग पाएको उनले बताए।

बार र बेन्च विचको सम्वन्धले न्याय सम्पादनमा सहजीकरण गर्ने हुदा अन्यायमा वास्तवीक रुपमा कोही पनि नपरोस भन्नेमा कानुन व्यवासायी र न्यायधिशको साझा एजेन्डा हुनुपर्ने धारणा राख्नुभयो।

यसैगरी नवआगन्तुक न्यायधिश दीपक ढकालले न्यायधिशले आदेस र फैसला गर्ने कुरा दैनिक कार्य भएको तर कस्तो फैसला वा आदेश गरयो भन्ने कुरामा सवैको चासो र गंभीर अध्ययनको विषय हुदा निश्पक्ष, स्वतन्त्र र तटस्थ भएर न्याय सम्पादनको कार्यमा लाग्नुपर्ने र आमनागरिकमा विस्वास जगाउनुपर्ने आजको टडकारो आवश्यकता रहेको उनले औल्याए।

न्यायधिश ढकालले पर्सा जिल्ला अदालतमा नेपाली काँग्रेसका नेता सांसद अल्ताफ आलमको ज्यान मार्ने मुद्धाको कसुरलाई हेरेका थिए। अल्ताफ माथि १२ वर्षपहिले ईटा भट्टामा २१ जनालाई जिउदैं हालेर जलाएर मारेको अभियोग छ।

न्यायधिश ढकाललको वेन्चले अल्ताफलाई स्वास्थ्य परिक्षण गराई काठमाण्डौं कारागार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। उक्त आदेससंगै न्यायधिश ढकालको रुपन्देही सरुवा भएको छ। पर्साबाट न्यायधिश ढकालको तीन महिनामै सरुवा भएको छ।

बारका अध्यक्ष नरसिंह चौधरीको अध्यक्षता, उपाध्यक्ष जीवन पन्थीको स्वागत तथा सचिव रामबहादुर हृदय लेकालीको संचालन रहेको न्यायधिशको स्वागत तथा विदाई कार्यक्रममा वरिष्ट अधिवक्ता गिरिराज विक्रम खडका, अदालतका स्रेस्तेदार नेत्रप्रसाद भूसाल, जिल्ला सहन्यायधिवक्ताद्वय एवं बारका पदाधिकारी एवं पूर्व अध्यक्षलगायत कानुन व्यवसायीहरु सहभागी रहेका थिए। 

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share