Breaking News
Home / Featured / लुम्विनी गुरुयोजनाको ३५ वर्ष वितिसक्दासमेत ठूला परियोजना सुरु भएनन

लुम्विनी गुरुयोजनाको ३५ वर्ष वितिसक्दासमेत ठूला परियोजना सुरु भएनन

 

लुम्विनी विश्वको साझा स्थल

कृष्णप्रसाद ढकाल
लुम्बिनी । लुम्बिनी विकास गुरुयोजना चालु भएको ३५ वर्षमा पनि अझै ठूला परियोजनाहरुको काम सुरु नै भएको छैन । जापानका वास्तुकलाविद् केन्जो टांगेले सन् १९७८ सालमा २५ वर्षमा पुरागर्ने लक्ष्य लिएको लुम्विनी विकास कोषको गुरुयोजना निर्माणमा ढिलाई भएकोप्रति सर्वत्र आलोचना भईरहेको छ ।
लुम्विनी गुरुयोजना अनुसार अझै छ वटा डोम आकारका भवन, पानी, विद्युत, टेलिकम्युनिकेसन, अडिटोरियम हल, ढल निकास, हाईस्कूल, तेलार नदी डाइभर्सन, सिम्वोलिक पेभिलियनलगायतका ठूला काम गर्न बाँकी रहेका छन् ।
हालसम्म गुरुयोजना अन्तर्गत ३५ वर्षमा केन्द्रिय नहर, उद्यानलगायतका सानो बजेटको ८० प्रतिसत योजनाहरु मात्रै सम्पन्न भएका छन् । लुम्विनीको विकास निर्माणमा ६ अर्व लगानी भईसकेको छ । गुरुयोजनाको बाँकी काम गर्न अझै ६ अर्व वजेट आवश्यक देखिएको कोषका अधिकारीले जानकारीदिएका छन् ।
विश्वको ग्लोव पुथ्वीकै आकार जस्तै लुम्विनी विकास कोषको गुरुयोजना एकहजार १५५ विघा क्षेत्रफलमा फैलिएको छ । लुम्विनी गुरुयोजनामा उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नया“ लुम्बिनीग्राम क्षेत्र गरी तीन भागमा विकास योजना निर्माण जारी छ ।

यसैविच कोषले ग्लोबल बोलपत्र प्रक्रियाबाट छिट्टो गुरुयोजना सम्पन्न गर्ने तयारी थालेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव एवं प्रमुख इन्जिनियर सरोज भट्टराईले जानकारी दिनुभयो । योजनाहरुको डिजाइन र स्टिमेट एवं निर्माण अवधिभर सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता छनोटको निम्ती हालै सूचना प्रकाशन गरेको उनले ¬बताए ।

अबको तीन वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ ग्लोबल बोलपत्र आह्वान गरिने कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी भिक्षु मेत्तेयले जानकारीदिनुभयो । उक्त योजना निर्माणका लागि अझै छ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । कोषले हालसम्म अन्य योजनाहरुमा छ अर्ब रुपैया खर्च गरिसकेको कोषका लेखा अधिकृत भिम वस्नेतले जानकारीदिए ।

गुरुयोजना सम्पन्न भएपछि लुम्विनीको मुहार फरीने र हजारौ पर्यटक भित्रीने अपेक्षा गरिएको छ । लुम्बिनीलाई विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागि आर्कषक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा सफल पार्ने र अब १० वर्षभित्र लुम्विनीमा वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सरकार एवं स्थानिय सरोकावाला निकाय र कोषले लुम्बिनीप्रति आकर्षक बढाउदैं पर्यटकलाई घुम्न वस्न लायक बनाउने सोचमा पवित्रस्थलको रुपमा विकास जारी राखेका छन् । सन २०१८ मा स्वदेशी र विदेशीसहित करीब १७ लाखले लुम्बिनीको अवलोकन भ्रमण गरेको सूचना अधिकृत हरिध्वज राईले वताए ।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share