Breaking News
Home / Featured / रुपन्देही बारको स्वर्णमहोत्सव…

रुपन्देही बारको स्वर्णमहोत्सव…

भैरहवा। रुपन्देही जिल्ला अदालत बार एशोसीएसनको स्वर्णमहोत्सव एवं नवनिर्मीत बार भवनको विहिवार विशेष समारोहका विच उदघाटन हुदैछ। २०२४ सालमा स्थापना भएको एतिहास बारले विभिन्न आरोह अवोह पार गर्दै स्वर्ण महोत्सवका साथ अत्याधुनिका सुविधासम्पन्न तीनतले बार भवनको औपचारिक रुपमा उदघाटन गर्ने महान अभियान पुरा भएको वरिष्ट अधिवक्ता एवं निर्माण समितीका संयोजक कमलराज जाशीले वताउनुभयो।

नेपाल बार एशोसीयशनका केन्द्रिय अध्यक्ष चण्डेश्वर श्रेष्ठको प्रमुख आतिथ्यता, उच्च अदालत एव जिल्ला अदालतका न्यायधिशहरु, विशिष्ट व्यक्तितत्वहरुको समुपस्थितीमा बार भवनको उदघाटन, सवर्ण महोत्सव एवं कानुनी चर्चा स्मारिका विमोचनको कार्यक्रम राखिएको वरिष्ट अधिवक्ता एवं भवन निर्माण समितीका सदस्य सचिव गोपाल प्रसाद पाण्डेले जानकारीदिनुभयो।

यसक्षेत्रकै पूरानो बारका रुपमा २०२४ सालमा स्थापना भएको बारलाई जिल्ला अदालतको सहयोगमा सरकारी जग्गा भोगाधिकार गर्ने अवसर पाएको छ।

रुपन्देही बारका अध्यक्ष नरिसंह चौधरी, पूर्व अध्यक्ष एवं केन्द्रिय पार्षद अधिवक्ता शिवप्रसाद गौडेल, सुवास धिताल, धर्मबहादुर खडका, जगतबहादुर रायमाझी, राममणी भूर्तेल, वरिष्ट अधिवक्ता कमलराज जोशी, मोहन कुमार देउजाको कार्यकालमा क्रमीक रुपमा भवन निर्माणका कार्यहरु भएका थिए। बार भवनको निर्माणको कार्यमा विभिन्न क्षेत्रबाट विभिन्न सहयोग एव योगदान गर्ने महानुभावहरुलाई समान्नको कार्यक्रम समेत रहेको पूर्वअध्यक्ष एवं वरिष्ट अधिवक्ता गिरिराजविक्रम खडकाले वताउनुभयो।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share