Breaking News
Home / Featured / एक नेताको आडमा महिलामाथि दुराचार

एक नेताको आडमा महिलामाथि दुराचार

तौलिहवा। कपिलवस्तु जिल्ला सदरमुकाममा एक नेताको आडमा महिलामाथि दुराचार हुनुका साथै पिडित पक्ष अन्यायमा परी असुरक्षीत भएका छन्।

पिडित पक्षले कपिलवस्तु, जिल्ला अदालत एवं जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र कपिलवस्तु नगरपालिकामा हाल छुट्टाछुट्टै रुपमा मुद्धा, निवेदन एवं उजुरी दर्ता समेत गराएका छन्।

कपिलवस्तु नगरपालिका निवासी एक विद्यालयका वैतर्निक प्राधानाध्यापक अमित कुमार अग्रहरीले एक शिक्षिकामाथि चरमढंगले मानसिक यातना दिएको घटना उपर कपिलवस्तु जिल्ला अदालतमा यौन दुरव्यवहारको मुद्धा दर्ता भएको छ।

शिक्षिकामाथि दुराचारका घटना बारम्वार दोहोरीएपछि पिडित पक्षले नैतिकहिन अग्रहरीमाथि उजुरी एवं मुद्धा दिन बाध्य भएको पिडित पक्षको भनाई रहेको छ।

अग्रहरीले स्थानिय नेताको आडमा कुनियतवश विभिन्नढंग एवं माध्यमद्धारा मानसिक यातना दिने र उनका पति उपर ज्यान मार्न सक्ने सम्मको धम्की आएपछि पिडित पक्षले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा शान्ति सुरक्षाको माग राखी निवेदन दिएका छन् ।

पिडित पक्षद्धारा जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाका सवालमा निवेदन परेको स्रोतले बतायो।

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै वेला एक सचेत शिक्षकले महिलामाथि दुराचारका घटना दोहोराई राख्नु साह्रै चिन्ताजनक रहेको कपिलवस्तुका स्थानिय सत्यनारायणले गुनासो गरे।

यसैगरी वैतर्निक प्राधानाध्यापक अग्रहरीले शिक्षिका माथि देखाएको खराब दृष्टि एवं दुराचार उपर कपिलवस्तु नगरपालिका शिक्षा शाखामा समेत लिखित उजुरी परेको कपिलवस्तु नगरपालिकाका एक कर्मचारीले जानकारीदिए।

कपिलवस्तु जिल्ला अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४को परिच्छेद १८ को दफा २२४ अन्तर्गत अग्रहरीले पिडित पक्षमाथि गरेको दुसनियत उपर यहि कार्तिक २४ गते उजुरी दर्ता भएको छ।

कपिलवस्तु जिल्लामा महिला हिंसाका घटनाहरुमा कमी आएको छैन। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी निरीक्षक प्रेम रेग्मीले चालु वर्ष कपिलवस्तुमा महिलामाथि जर्वजस्ती करणीका मुद्धा १७ वटा, करणी उद्योगका ८ वटा, बहुविवाहका ६ वटा उजुरी दर्ता भएको जानकारीदिनुभयो।

गतवर्ष जिल्लामा जर्वजस्ती करणीका ३५, करणी उद्योगका १३, बहुविवाहका ५, बाल यौन द’राचार २, बालविवाह १, शरिर वन्धक तथा जर्वजस्ती करणी १, अप्राकृतिक मैथुन १, हाडनातामा करणी २ वटा उजुरी दर्ता भई कानुनी प्रक्रियामा अगाडी वढेको प्रहरीले जनाएको छ।

यसैगरी कपिलवस्तुमा चालु वर्ष घरेलु हिंसाका एकसय १० वटा उजुरी परेकेमा ६१ वटाको मिलापत्र भएको छ भने ठाडो उजुरीका ७९ वटा घटनामा ३१ वटा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु महिला तथा वालवालिका शाखाका सई अभय रावतले जानकारीदिनुभयो।

गतवर्ष जिल्लामा घरेलु हिंसाका २३९ उजुरी दर्ता भएकामध्ये १५८ वटा मिलापत्र भएका छन भने ठाडो उज’रकिा २०४ मध्ये १२७ वटा मिलापत्र भएको प्रहरीले जनाएको छ।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share