Breaking News
Home / Featured / स्थानिय सरकारको मतदान : मतदाता उत्साहपुर्वक सहभागी

स्थानिय सरकारको मतदान : मतदाता उत्साहपुर्वक सहभागी

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भानु उच्च मा.वि.मतदान केन्द्रमा मतदान…भैरहवा। बैशाख ३० गते शुक्रबार बिहान ७ बजेबाट नेपालभर देसभरी नै स्थानीय तहको निर्वाचन–२०७९ को मतदान सुरु भएको छ।

नेपालमा संघीय गणतन्त्र आएपछि संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा आवधीक स्थानीय तह निर्वाचन अनुसार दोस्रोपटक स्थानीय तह निर्वाचन भएको हो।

२०७४ मा पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आसन्न जेठ ५ मा सकिँदै छ। संविधानतः नयाँ जनप्रतिनिधिको कार्यकाल निर्वाचन सम्पन्नसंगै जेठ ६ देखि सुरु हुने छ।

गतनिर्वाचन तीन चरणमा भएको थियो। यतिवेला बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन घोषणा भएको हो। कपिलवस्तुको महाराजगन्ज नगरपालिका नेका उपमेयर र दाङको एक वडामा एमालेका उम्मेदवारको निधन पछि त्यस क्षेत्रको निर्वाचन दोस्रो चरणमा जेठ ३ गते हुदैछ।

शुक्रवार देसभरका ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचनको कार्यतालिका रहेको छ।

यस निर्वाचनमा देसभर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मताधिकार प्रयोग गर्नसक्छन।

देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको र निर्वाचनमा ६५ राजनीतिक दलका उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा छन्।

निर्वाचन आयोगका अनुसार देसभर दलगत र स्वतन्त्र गरी १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन्।

यसैविच लुम्विनी प्रदेसका १२ वटै जिल्लाहरु मध्ये कपिलवस्तुको महाराजगंज र दाङ जिल्लाको एक वडामा बाहेकका स्थानिय तहहरुमा मतदानको कार्य जारी रहेको छ।

रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, दाङ, गुल्मी, अर्घाखाँची, बाके, बर्दीया, स्कुम, रोल्पामा पनि चुनावी बातावरण रौनक देखिएको छ । मतदान गर्न मतदाताहरु उत्साहपूर्वक मतदानक गर्न लाईनमा खडा भएका छन्।

निर्वाचन आचार संहिता विपरीत केहि दलका उम्मेदवार एवं समर्थकहरुले मतदान स्थल एवं केन्द्रमा पनि इसारा एवं संकत गरी मत माग्ने कार्य गरेको देखिएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भानु उच्च मा.वि.मतदान केन्द्रमा भोट हाल्न उत्सुक देखिएका मतदाताहरु -फोटो फिचर

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share