Breaking News
Home / Featured / जसपाको प्रतिज्ञा : गरिबलाई फूड बैंक र क्यान्टीनमा खानाको व्यवस्था

जसपाको प्रतिज्ञा : गरिबलाई फूड बैंक र क्यान्टीनमा खानाको व्यवस्था

 

भैरहवा। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिद्धार्थनगरमा अन्य पार्टीको भन्दा जनचासो एवं सरोकारको अत्यावश्यक सवालका कार्यक्रम योजना लिएर चुनावी मैदानमा उत्रेको छ।

जसपाले बुधवार पत्रकार सम्मेलन गरी सिद्धार्थनगरलाई सफल, सुन्दर तथा सम्वृद्ध नगर निर्माणको लागि स्थानिय तथा २०७९ को प्रतिज्ञापत्र सार्वजनिक गरेको छ।

जसपाले पार्टीबाट नगरमा मातृका प्रसाद यादवलाई मेयरमा र आश्मा खातुनलाई उपमेयरमा टिकट दिएर चुनावी प्रचार तिव्र पारेको छ।

मेयर पदका प्रत्यासी मातृका यादव नेपाली काँग्रेसमा आजिवन सक्रिय एवं लोकप्रिय सरल व्यक्तित्वका रुपमा अहिलेपनि भैरहवामा परिचित छन्।

अहिले उनले संगठनले पार्टीको विधान विपरीत कार्य गरेकोमा असन्तुष्टी जनाउदै काँग्रेसमा राजिनामा दिएर जसपाबाट राजनीतिक यात्रा तय गर्दै मेयरमा उम्मेदवारी दिएका हुन।

जसपाले प्रतिज्ञापत्रमा नगरका विपन्न गरिवीका रेखा मुनीका नागरिकलाई लक्षीत गरी फूड बैंक मार्फत भोजनको अधिकार सुनिस्चित गर्ने, नगरपालिकामा क्यान्टीनको व्यवस्था एवं छुट सुविधाको व्यवस्था गर्ने उल्लेख छ।

यसैगरी नगरमा रहेका सम्पूर्ण विद्यालय, धार्मीक स्थल, चौराहा तथा वस्तथीहरुमा सोलार वत्तिको व्यवस्था गरिने, नगरमा व्यवस्थीत ढल तथा सडक निर्माण गरिने, र उज्यालो सिद्धार्थनगरको अवधारणा ल्याईने जनाएको छ।

एक घर एक रोजगार कार्यक्रम, किसानलाई मलखाध उपलव्ध गराउन डेस्क, कषि वाली विमा, वधशाला निर्माण, हेलो मेयर कार्यक्रम, स्वरोजगार बन्न चाहनेलाई २ लाख सहयोग गरी ५ वर्षमा फिर्ता हुनेगरी उपलव्ध गराउने लोकप्रिय कार्यक्रम जसपाले ल्याएको छ।

यसैगरी महिला, जेष्ठ नागरिक तथा विद्यार्थीहरुका लागि नगरवसको व्यवस्था, पर्यटन प्रवद्र्धनको विकासका निम्ती सन्ध्याकालिन वाकिङ स्ट्रीटको मनोरञ्जनात्मक अवधारण, विशेष पर्यटक स्वागत केन्द्र स्थापना, एक घर एक रुख, फोहरबाट मोहरको अवधारणामा हरेक वडामा फोहोरको वर्गीकरण र संकलन गर्ने छुट्टै वाहनको व्यवस्था गर्ने जसपाले प्रतिज्ञा गरेको छ।

नगरको समस्या तथा गुनासो सुन्नका लागि हेलो मेयर कार्यक्रम संचालन गरिने, कार्यालयलाई २ वर्षभित्र पेपरलेस अनलाईन प्रविधिमैत्री बनाईने, बजारको मुख्य चौकहरुमा फ्रि आईफाईको सुविधा उपलव्ध गराउने प्रतिज्ञापत्रमा उल्लेख छ।

हरेक वडामा एम्बुलेन्सको व्यवस्था गरी वडावासीलाई निःशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने, सुरक्षित मातृत्व कार्यक्रम र प्रत्येक महिना स्वास्थ्य शिविर संचालन गरिनेछ।

शिविरमा देखा परेका गंभिर प्रकृतिका बिरामीहरुको निःशुल्क उपचार गरिनेछ।

यसैगरी मेयर शिक्षा योजना कक्षा १२ सम्म निःशुल्क पढाईको व्यवस्था साथै प्राविधिक शिक्षाको लागि छात्रवृतिको व्यवस्था गरिने जसपाले योजना ल्याएको छ।

जसपाले जनतालाई प्रभावित पार्ने गरी आकर्षक अएवं लोकप्रिय नारा एवं कार्यक्रमहरु लिएर जनताको घरदैलो भेटघाट कार्यक्रमलाई तिव्र पारेको छ।

प्रतिज्ञापत्र सार्वजनिक समारोहमा संचारकर्मीहरुका साथै नगरप्रमुख पदका उम्मेदवार मातृका प्रसाद यादव, उपप्रमुख पदकी उम्मेदवार आश्मा खातुन, जसपाका नेता महेन्द्रप्रसाद यादव, इन्जिनियर रवि रौनियारलगायत वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरु एवं पार्टीका शुभेच्छुक सक्रिय कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share