Breaking News
Home / Featured / सिद्धार्थनगरमा ४१९ उम्मेदवार चुनावी मैदानमा, मेयरमा इस्तीयाक, वस्याल, राणा र यादव विचको टक्कर रोमाञ्चक

सिद्धार्थनगरमा ४१९ उम्मेदवार चुनावी मैदानमा, मेयरमा इस्तीयाक, वस्याल, राणा र यादव विचको टक्कर रोमाञ्चक

भैरहवा। ‘सवै अट्ने देश सबैलाई जोड्ने काँग्रेस’ भन्ने नारासंगै काँग्रेसले गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई साथमा लिएर शनिवारदेखि सिद्धार्थनगर नगरपालिका भैरहवामा ‘घरदैलो अभियान’ सुरु गरेको छ।

यहि बैशाख ३० गते मतदान हुने स्थानिय चुनावमा गठबन्धनको तर्फबाट सिद्धार्थनगरमा संविधानसभाका सदस्य एवं प्रखर नेता इस्तीयाक अहम्मद खानलाई मेयर र नेकपा माओवादीकी नेतृ कमला थापालाई उपमेयर पदमा उठाएर नगरवासीसंग भोट माग्दै प्रचार अभियानमा जुटेको छ।

मेयर पदका प्रत्यासी इस्तीयाक नेपाली कांग्रेसका नव उदयमान नेताका रुपमा मात्रै होईन रियल स्टेट कारोवारी र समाजसेवामा समर्पीत भएकाले हालै राष्ट्रिय विभूषणबाट सम्मानित व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ।

सिद्धार्थनगरमा मेयर पदमा एमालेबाट स्वच्छ छविका कर्मठ समाजसेवी डा. रामप्रसाद वस्याल चुनावी मैदानमा छन्।

यसैगरी हरेक कालखण्डमा लामोसमयसम्म सिद्धार्थनगर नगरपालिकाको नेतृत्व गरेका राजनैतिक खेलाडी सागरप्रताप राणाले राप्रपाबाट मेयर पदमा उम्मेदवारी दिएका छन्।

यसैविच काँग्रेस पार्टीमा लामो योगदान पुराएका तर हाल पार्टीको विचलनबाट असन्तुष्ट बनेका मातृका प्रसाद यादवले पार्टी परित्याग गरी जनता समाजवादीबाट मेयरमा प्रत्यासी बनेका छन्।

नगरमा पहिलो पटक सिके रावतको जनमत पाटी एवं मधेवादी दलहरु लगायत राष्ट्रिय एवं स्थानिय दलको मान्यता प्राप्त ११ वटा राजनैतिक दलले उम्मेदवार खडा गरी चुनावी मैदानमा होमीएका छन्।

यसैले अन्य पालिका भन्दा सिद्धार्थनगरको चुनाव रोमाञ्चक र आकंलन गर्न नसकिने कडा प्रतिस्पर्धात्मक बनेको छ।

सिद्धार्थनगरमा मेयर पदमा दलगत ११ जना, स्वतन्त्र ३ जना, उपमेयरमा एकजना स्वतन्त्र, दलगत ७ जनाको उम्मेदवारी परेको छ।

जसमा मुस्लीम, मधेशी, जनजाति समुदायदेखि ३÷३जना, क्षेत्री खस आर्यदेखि ५ जना र दलित वर्गका १ जना उम्मेदवार रहेका छन्। उनीहरु २५देखि ७५ वर्ष उमेर समुहका रहेका छन्।

 

उपमेयरमा गठवन्धनका तर्फबाट माओवादी नेतृ कमला थापा, एमाले नेतृ उमा अधिकारी, जसपाबाट आसमा खातुन फकिर, राप्रपाबाट विनिता गुप्ता, जनमुक्तिबाट मायादेवी सुर्यवंशी लगायत ८ जना महिलाहरुले चुनावी दौडमा मतदातालाई आफनो पक्षमा पार्न हरेक प्रयास जारी राखेका छन्।

मेयर उपमेयरका साथै नगरका १३ वटै वडाका वडा अध्यक्ष, सदस्यहरु पनि सक्रिय स्पमा पार्टीको झण्डा र चुनाव चिन्ह बोकेर कार्यकर्ता एवं समर्थकसंग घरदैलो प्रचारमा लागेका छन्।

रुपन्देहीका १६ वटा पालिकाहरुमध्ये सिद्धार्थनगरमा १३ वटा वडाहरुमा अध्यक्ष एवं खुल्ला सदस्य, महिला सदस्य, दलित सदस्य गरि ३९६ जना र मेयर उपमेयर सहित कुल ४ सय १९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन्।

चुनाव आफ्नो पक्षमा पार्न उम्मेदवार तथा समर्थक कार्यकर्ता एवं पार्टीपंक्तिले विभिन्नढंगले प्रचार अभियानलाई तिव्र पारेका छन्।

सिद्धार्थनगरमा सवैभन्दा वढी उम्मेदवार ९ नम्वर वडामा ४३ जना खडा भएका छन् भने कम सिनपा ५ मा २० जना मात्रै चुनावी मैदानमा छन्। नगरमा आसन्न स्थानिय चुनावमा ४४ हजार ६ सय ५२ मतदाताले आफनो मताधिकार प्रयोग गर्नपाउने छन्।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share