Breaking News
Home / देश/समाज / जोर बिजोरको निर्णयबाट पछि हट्यो सरकार !

जोर बिजोरको निर्णयबाट पछि हट्यो सरकार !

काठमाडौं ।
काठमाडौंमा जारि एसिया प्यासिफिक सम्मेलनमा आउने पाहुनाको यातायात सहज बनाउन भन्दै चारदिनसम्म गरेको जोर बिजोर प्रणाली आज बिहान साढे ११ बजे पछि हट्ने भएको छ। यस अघि यात्रुले निकै सास्ती बेहोर्नुपरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

स्वतस्फुर्त रुपमा निर्णयको अवज्ञा भैरहदा सरकार निर्णयबाट पछि हटेको छ । राजधानीका युवाहरु जोर बिजोर प्रणालीले सर्बसाधारणले सास्ती बेहोर्नुपरेकोभन्दै सरकार को निर्णय अवज्ञा गर्न सडकमा उत्रिएका थिए । ट्राफिक प्रहरी महाशाखाले सूचना प्रकाशन गरि गृह मन्त्रालयले शुक्रबार बिहान साढे ११ बजेपछि जोर बिजोर लागु नगर्न निर्देशन दिएको जनाएको छ ।

महाशाखाले यसअघि १३, १४, १५ र १६ गते क्रमश बिजोर, जोर, बिजोर र जोर नम्बर भएका सवारी साधन चलाउन पाउने भन्दै सूचना निकालेको थियो।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share