Breaking News
Home / देश/समाज / भैरहवामा नक्कली रानीमहल सिगारीयो

भैरहवामा नक्कली रानीमहल सिगारीयो

कृष्णप्रसाद ढकाल 
भैरहवा । प्रदेश नं ५को सरकारले पुरातात्विक महत्वको पाल्पाको रानीमहललाई वातावरणमैत्री इको पार्क बनाउने नयाँ योजना ल्याईरहेको अवस्थामा पर्यटक आकर्षीत गर्नका लागि भैरहवामा नक्कली रानी महल निर्माण गरिएको छ । यसैगरी मेलास्थलमा लुम्विनीको मायादेवि मन्दिर पनि निर्माण गरिएको छ ।

यसक्षेत्रको पर्यटन प्रवद्र्धन र उद्योग व्यापार एवं कृषिको समृद्ध विकासको महत्वकाक्षी अपेक्षा राख्दै सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले मंसीर २० देखि पुस १ गतेसम्मका लागि लुम्विनी राष्ट्रिय महोत्सव आयोजना गरेको संस्थाका अध्यक्ष एवं महोत्सवका संयोजक कुलप्रसाद न्यौपानेले बताए । एतिहासीक मायादेवि मन्दिर र रानी महलको आधुनिक कृत्रिम स्वरुप भैरहवामा हेर्न पाईन्छ । लुम्विनी, तिलौराकोट र रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको छ ।

नदीको जगमै ढुंगाहरु ठड्याएर माथि आकर्षक दरबार बनाइएको छ । एतिहासीक दरबारको एकातर्फ बुर्जाको जग नदीमै छ । महलभित्र पानीपोखरी, मन्दिर, बगैँचालगायत संरचना एवं कलाहरु देख्न पाईन्छ । विसं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहितको निर्माणकार्य पूरा भएको बताईन्छ । दरबार ५६ फिट चौडा, ११२ फिट उचाइको चारतले छ । पुरानो जीर्ण महलको विसं २०७२ मा पुरातत्व विभागले करिव ३ करोडमा रानीमहलको पुनःनिर्माण गरेको थियो । दरबार परिसरभित्र बायाँतर्फ शित्तलपाटी, फोहोर राख्न कुँदिएका ढुङ्गे दुई पोखरी र दाहिनेतर्फ सुरक्षा पहरेदार स्थल छ । यसैगरी महलको आकर्षकण एवं हिन्दुधर्म संस्कृति जगेर्ना र नित्य कर्मका लागि महलको बायाँतर्फ एउटै किसिमका शिव र गङ्गाका दुई मन्दिर रहेका छन् । बेलायती इञ्जिनीयरले युयानी शैलीको डिजाइनमा निर्माण गरिएको छ । कुँदिएको ढुङ्गा दरवारको मुल ढोका सधै कालीगण्डकी नदी कुण्डमा गाडिएका छन् ।

भैरहवा महोत्सवमा निर्मीत रानीमहल प्राकृतिक स्रोत साधनबाट निर्माण नगरी रंगीचंगी कपडा, फलामे डण्डी र रसीले कृत्रिम स्वरुप दिएर आकर्षण बनाईएको छ । रानीमहल तत्कालीन जनरल खड्ग शमशेरले पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर विशाल रानीमहल बनाएको एतिहासीक भनाई छ । अहिले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा मानिन्छ । जनरलले दिवंगत रानीको संझनामा रानीमहल निर्माण गरेको बताईन्छ । हाल यस रानीमहलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनप्रतिदिन वढ्दो पाईन्छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विशेष समारोहका विच विहिवार महोत्सवको उदघाटन गर्नुहुने तयारी भएको महोत्सव सचिवालय प्रमुख एवं आयोजक संस्थाका महासचिव नेत्र आचार्यले जानकारीदिनुभयो । पाल्पाको एतिहासीक रानीमहलको झ–झलको भैरहवामा आयोजित लुम्विनी महोत्सवको आकर्षक बनाउन आयोजकले विशेष प्रयास जारी राखेको महोत्सव स्टल व्यवस्थापन समितीका संयोजक ठाकुर श्रेष्ठले बताए ।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share