Breaking News
Home / खेलकुद / इंग्लिश प्रिमिएर लिगको १४ औ गेम विक

इंग्लिश प्रिमिएर लिगको १४ औ गेम विक

काठमाण्डौं । गएराती सम्पन्न लिभरपुल डर्बी संगै इंग्लिश प्रिमिएर लिगको १४ औ गेमविक सकिएको छ । खेलको अन्त्य समयमा गोलगर्दै लिभरपुलले चिर प्रतिद्वन्दी एभर्टनलाई १-० ले हराएको छ, ओरिगीले लिभरपुललाई खेलमा अग्रता दिलाउन अघि दुवै टीम खेलमा हावी देखिएका थिए, तर अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओरिगीले लिभरपुललाई सबै ३ अंक दिलाउन सफल भएका छन ।

यसअघि हिजै राति नर्थलन्डन डर्बीमा आर्सनलले स्पर्सलाइ निकै रोमान्चक खेलमा ४-२ ले हराएको छ । घरेलु मैदानमा खेलको १० मिनेटमै अबुमयांगले पेनाल्टी मार्फत अग्रता दिलायेपनी एरिक डायरले ३० मिनेटमा बराबरी गोल गरेका थिए । त्यसको लगत्तै ३४ औ मिनेटमा स्पर्सका ह्यारी केनले पेनाल्टी मार्फत १-२ को अग्रता दिलाउदै खेलमा रोमान्चकता ल्याएका थिए । दोस्रो हाल्फ़मा भने घरेलु टिम पुरै हावी हुदा नतिजा ४-२ ले आफ्नो पक्ष्यमा परेको छ । आर्सनलको लागि अबुमयांग, लाकज़ेट, लुकास ले क्रमस ५६, ७५ र ७७ मिनेटमा गोल गरेका थिए! खेलको अन्त्यमा भेटेरोगनले दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि स्पर्स १० खेलाडीमा सिमित हुदै खेल तुन्गएको थियो ।

यसघि चेल्सीले पेड्रो र लुफ्तास चिकको गोलको मद्दतले घरेलु मैदानमा फुल्ह्यमलाइ २-० ले हराएको छ ।

यसैगरी अघिल्लो दिन भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टन संग २-२ को ड्रा खेलेको छ । साथै कार्डिफ ले वुल्व्सलाइ २-१ ले, क्रिस्टल प्यालेसले बर्न्लेलाइ २-० ले, ब्रिन्ग्तन ले हदर्स्फिल्डलाई १-२ ले, लेस्टरले वात्फोर्डलाई २-० ले, म्यानचेस्टर सिटिले बोर्नेमाउथलाइ ३-१ ले हराउदा वेस्टह्यामले ब्ल्याकटुनलाइ ०-३ ले हराएको छ ।

Sublime Attire Creation

Check Also

रुपन्देही र बाँके विजयी

भैरहवा । प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत मंगलवारको खेलमा रुपन्देही र बाँके जिल्ला विजयी भएका …

Leave a Reply

Tweet
Share
Pin
Share