Breaking News
Home / Featured / रुपन्देहीमा शान्तिपुर्ण एवं उत्साहजनकढंगले सयौजनाको दलगत एवं स्वतन्त्रढंगले उम्मेदवार मनोनयन दर्ता

रुपन्देहीमा शान्तिपुर्ण एवं उत्साहजनकढंगले सयौजनाको दलगत एवं स्वतन्त्रढंगले उम्मेदवार मनोनयन दर्ता

भैरहवा। संघिय गणतान्त्रिक संविधान पालना गर्दै सोमबार स्थानिय तहको निर्वाचनमा शान्तिपुर्ण एवं उत्साहजनकढंगले सयौजनाको दलगत एवं स्वतन्त्रढंगले उम्मेदवार मनोनयन दर्ता भएको छ।

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयमा आइतवारदेखि सोमबार साझसम्म उम्मेदवार मनोनयनको समय तोकेको थियो।

सिद्धार्थनगरमा पाँच दलविच प्रतिस्पर्धा

रुपन्देहीको सिद्धार्थनगर नगर पालिकामा नगरप्रमुख पदमा नेपाली कांग्रेसबाट ईश्तियाक अहमद खाँन र उप–प्रमुखमा पल्लवी न्यौपाने, नेकपा एमालेबाट प्रमुखमा डाक्टर रामप्रसाद बस्याल र उप–प्रमुखमा उमा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा सागर प्रताप राणा र उप–प्रमुखमा विनिता गुप्ता, जनता समाजवादी पार्टीबाट प्रमुखमा मात्रिका प्रसाद यादव र उप–प्रमुखमा आश्मा खातुन, नेकपा माओवादीबाट प्रमुखमा मनिष कुमार जोशी र उप–प्रमुखमा कमला थापा, लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रमुखमा मोहम्मद वसिर मुसलमान र उप–प्रमुखमा डोमा श्रेष्ठ, राष्ट्रिय जनमोर्चाले प्रमुखमा हिरालाल धामी, उपप्रमुखमा दुर्गा आचार्य उम्मेदवारी मनोनय दर्ता गरी चुनावी मैदानमा खडा भएका छन् । नेकपा एकिकृतले प्रमुखमा कुलेन्द्र पुन र जनमुक्ती पार्टीले पनि नगरका विभिन्न वडाहरुमा उम्मेदवारी दिएको छ।

बुटवल र तिलोत्तमामा दुईपक्षीय भिड्न्त

बुटवल उपमहानगरपालिकामा प्रमुखमा काँग्रेसबाट खिलराज पाण्डे चुनावी मैदानमा खडा भएका छन्। बुनपामा काग्रेसले १६ वटा वडामा र माओवादीले ३ वटा वडामा नेतृत्व लिएर चुनावी प्रचारमा लागेका छन्।

यसैगरी बुनपामा नेकपा एमालेले बाबुराम भट्टराईलाई मेयरमा र सावित्री अर्याललाई उपमेयरमा उठाएको छ।

तिलोत्तमामा काँग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले मेयरमा उम्मेदवारी दिएका छन्। उपमेयरमा गठवन्धनले माओवादीलाई दिएको छ।

यसैगरी नेकपा एमालेबाट मेयरमा मोहन चापागाई, उपमेयरमा जागेश्वरी चौधरी, नेकपा एसबाट मेयरमा आशा कुमारी चौधरी र उपमेयरमा सन्दीप भट्टराईले उम्मेदवारी दिएका छन्।

रोहिणी गाउँपालिकामा कसको जीत ?

रोहिणी गाउँपालिकामा नेकपा एमालेबाट निर्वतमान गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले प्रमुखमा र बसन्ती पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

यसैगरी नेपाली कांग्रेसबाट बैजनाथ सहानीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

जनता समाजवादी पार्टीबाट अध्यक्षमा बिद्या प्रसाद यादव र उपाध्यक्षमा रिना मिश्राले उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ताहिर अली र उपाध्यक्षमा शिवकान्ती चमार, जनमत पार्टीबाट अध्यक्ष र उपाध्यक्षमा क्रमशः बिष्णु कुर्मि र रिना हरिजनले उम्मेदवारी दिएर चुनावी मैदानमा खडा भएका छन्।

ओमसतियामा गठवन्धनको प्रतिस्पर्धा

ओमसतिया गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा क्रमशः मन्जित कुमार यादव र निर्मला कुमारी निषाद, जनता समाजवादी पार्टीबाट चन्द्रभुवन चौधरी र शकुन्तली यादव (नैनी), नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनबाट अध्यक्षमा नेकपा माओवादीका विजय यादव, उपाध्यक्षमा कांग्रेसका सुनिता चौधरी चुनावी मैदानमा छन्।

यसैगरी जनमत पार्टीबाट शिवचरण केवट र मिना थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तिलक सिंह कोइराला र चित्ररेखा थारु, लोसपाबाट सन्दिप यादव र प्रियंका त्रिपाठी द्विवेदीले उम्मेदवारी दिएका छन्।

मर्चवारीमा काँग्रेस नया चिराबाट मैदानमा

रुपन्देहीको मर्चवारमा नेपाली कांग्रेसले टिकट वितरणमा बेइमानी गरेको आरोप लगाउदैं मर्चवारी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि गया बरईले पार्टी छोडेर ह्ृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेसबाट मर्चवारीको अध्यक्ष पदमा ज्ञान प्रकाश मिश्रले उम्मेदवारी दिएका छन्।

नेकपा एमालेबाट कमलेश यादव, बिन्द्रवाती गौडले, जनता समाजवादी पार्टीबाट उमाशंकर यादव, सुमन यादवले, राप्रपाबाट सन्तोष श्रीवास्तव र कुशवती कुर्मिले, जनमत पार्टीबाट अध्यक्षमा मुरलीधर कुर्मी र उपाध्यक्षमा पुजा यादवले, लोसपाबाट केशवनन्द बनिया र सुनिता कलवारले उम्मेदवारी दर्ता गरेका छन्।

कोटहीमाईमा चुनावी प्यानल

कोटहीमाई गाउँपालिकामा नेपाली कांग्रेसबाट बलिराम यादव र गुजराती यादवले उम्मेदवारी दिएका छन्।

कांग्रेसबाट टिकट नपाएका आकांक्षी अशोक कलवारले पार्टीमा राजीनामा दिएर नेपाल जनता पार्टीमा प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन।

यसैगरी कोटहीमा जनता समाजवादी पार्टीबाट चन्द्रभुषण यादव र सीमा चाई सहानी, नेकपा एमालेबाट श्याम सुन्दर यादव र माया सहानीले उम्मेदवारी दर्ता गराएका छन्।

राप्रपाबाट मीरा यादव र भानमति बनियाले र जनमत पार्टीबाट सन्तोष यादव र सबिना खातुन, लोकतान्त्रिक समाजवादी पार्टीबाट बालकृष्ण त्रिपाठी र शुसिला कुमारी यादवले क्रमशः अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।

समरीमाईमा काग्रेससंग टक्कर

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांगे्रसबाट बिनोद कुमार श्रीवास्तव अध्यक्षमा र उपाध्यक्षमा प्रियंका शाहीले नेकपा एमालेबाट मुस्लिम खान र पिंकला लोधले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी राप्रपाबाट अध्यक्षमा मोहम्मद सलिम देवान र उपाध्यक्षमा कमलावती अहिर, जनमत पार्टीबाट रामरतन केवट र मिना देवी लोध, जसपाबाट अहमद्दिन मुसलमान र सन्ध्यादेवी मल्लाह, लोकतान्त्रिक समाजवादी पार्टीबाट निरन्जन पाठक र बिन्द्रावती गुप्ताले उम्मेदवारी दर्ता गराएका छन्।

मायादेवीमा दोहोराएर उम्मेदवारी

मायादेवी गाउँपालिकामा दोहोराएर नेपाली कांग्रेसका निर्वतमान अध्यक्ष ध्रुव नारायण चौधरी र उपाध्यक्ष पदमा तारादेवी यादव चुनावी मैदानमा उत्रेका छन्।

जनता समाजवादी पार्टीबाट हरिश्चन्द्र सैथवार र शाहजहा खातुनले लोसपाबाट राम आधार यादव र नर्वदा उपाध्याय नेकपा एमालेबाट लाला लोध, सन्नु चाईले, राप्रपाबाट ओम प्रकाश लोध र रीमा पाण्डे, जनमत पार्टीबाट राम बिष्णु प्रसाद लोध र गुञ्जा बरईले उम्मेदवारी दिएका छन्।

गैडहवामा चुनावी साठगाठ

गैडहवा गाउँपालिकामा नेपाली कांग्रेसका वसिउल्लाह मुसलमानले उम्मेदवारी दिएका छन्।

जनता समाजवादी पार्टीबाट निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका बच्छुलाल केवटले अध्यक्षमा र रेनु चौधरीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन।

जनमत पार्टीबाट रामदेव यादव र नर्वदा लोध चुनावी मैदानमा उत्रेका छन्। यसैगरी नेकपा एमालेबाट सुरेन्द्र पौडेल र मन्जु रिजाल तथा राप्रपाबाट दिपेन्द्र तिवारी र सबरुन निशा, लोसपाबाट जितेन्द्र पासी र निलम मिश्रा तिवारीले उम्मेदवारी दिएका छन।

लुम्विनीमा को भन्दा को कम ?

लुम्बिनी सांस्कृतिक नगरपालिकामा नेपाली कांग्रेसबाट सजरुद्दिन खान र पुष्पा उपाध्याय, जसपाबाट अब्दु मोबिन खाँन र शबनम जहा शेखले उम्मेदवारी दिएका छन्।

यसैगरी लोसपाबाट मनमोहन चौधरी र शर्मिला यादव, राप्रपाबाट हरिहर प्रसाद जयसवाल र राजेश्वरी बरईले उम्मेदवारी दिए।

नेकपा एमालेबाट प्रमुख र उप–प्रमुख दुवै पदमा महिलाले उम्मेदवारी दिए। रमावती यादव प्रमुखमा र कल्पना हरिजनले उपप्रमुखमा, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता र सिन्धिया लोधले उम्मेदवारी दर्ता गराए। यसैगरी लुम्विनीमा स्वतन्त्र रुपमा अमिरुद्दिन मुसलमानले प्रमुख र अर्जुन कुर्मिले उपप्रमुख उम्मेदवारी दर्ता गराएका छन् ।

सियारीमा भोट तानातान

सियारी गाउँपालिकामा नेपाली कांग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा चौधरीले उम्मेदवारी दिएका छन्।

नेकपा एमालेमा अयोध्या थारु र अमृता गुरुङ्गले र जनमत पार्टीबाट निबर प्रसाद माली र उर्मिला ढाडी, जसपाबाट रामदेव यादव र निर्मला बनिया, राप्रपाबाट प्रेमनारायण चौधरी र माया रोका मगरले उम्मेदवारी दिएका छन।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share