Breaking News
Home / राजनीति / गठबन्धनले छिट्टै साझा उम्मेदवार घोषणा गर्ने

गठबन्धनले छिट्टै साझा उम्मेदवार घोषणा गर्ने

भैरहवा। सत्ता गठबन्धनमा आबद्ध पाच दलको सिद्धार्थनगर नगरपालिका स्तरीय बैठकले गठबन्धनबाट मेयर, उपमेयर, बडा अध्यक्ष सहीत सदस्यहरुका साझा उम्मेदवार छिट्टै घोषणा गर्ने भएका छन्।

मेयर, उपमेयर, बडा अध्यक्ष सहीत सदस्यहरु गठबन्धनले साझा उम्मेदवार घोषणा गर्ने पनि गठबन्धनको बैठकले निर्णय गरेको छ।

नेपाली कांग्रेस नगरसभापति कोशीस बहादुर खड्काको सभापत्विमा बसेको सत्ता साझेदार दलहरु नेकपा समाजवादी, एकीकृत नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको नगर स्तरीय सयुक्त बैठकले प्रतिगमनलाई पराजित गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षा गर्दै शान्ति, विकास र समृद्धीको लागि गठबन्धनको विकल्प नरहेको समेत औल्याएका छन्।

बैठकमा कांग्रेस नगर सभापति खड्का, सचिव अनिल केसी, नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज फैज अहमद खान, नगर अध्यक्ष नारायण हमाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष राम बहादुुर बस्नेत, उपाध्यक्ष सार्दुल मयुुर कसौधन, जसपाका नगर अध्यक्ष अर्जुुन जयसवाल, नगर ईन्चार्ज मोहमद अली र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र आचार्य लगायतको सहभागीता रहेको थियो।

Sublime Attire Creation

Check Also

Prachanda Nominating on Gorkha 2

प्रचण्डलाइ निर्वाचन आयोगले कारवाही गर्नसक्ने

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

Tweet
Share
Pin
Share