Breaking News
Home / Featured / दुवैजना छोराको गोलीबाट हत्या

दुवैजना छोराको गोलीबाट हत्या

          कृष्णलाल कुर्मी

कृष्णप्रसाद ढकाल
भैरहवा। अज्ञात हतियारधारीले गोली प्रहार गरी ओमसतिया गाऊपालिका ५ का कृष्णलाल कुर्मीका एकपछि अर्को गर्दै दुई छोराको हत्या गरेका छन्। अपराधीले कृष्णलालका सन्तानलाई गोलीबाट सिद्धाएका छन्। आईतवार अपराधीले उनका जेठा छोरालाई हत्या गर्नुका साथै पाँचलाख समेत लुटेर फरार भएका छन्।

यसअघि दुईवर्ष पहिला सोही सडकखण्डमा उनको कान्छो छोरो धर्मेन्द्रप्रसाद कुर्मीको हत्या भएको थियो। पतिको गोली लागेर हत्यापछि विजयलक्ष्मी वेहोस भएकी छन्। कृष्णलालको परिवारमा बज्रपात भएको छ।

रुपन्देही जिल्ला सदरमुकाम भैरहवादेखि पूर्व धकधईतर्फ जादैं गर्दा आईतवार दिउसो हुलाकी मार्गस्थित रुपन्देहीको रोहिणी पुलमा उनीमाथि गोली प्रहार भएको हो। भैरहवास्थित हिमालयन बैंकबाट पैसा निकालेर घरतर्फ जादैं गर्दा अपारधीले महेन्द्र कुर्मीको हत्या गर्नुका साथै पैसा समेत लुटेको पिडित परिवार एवं प्रहरीले जनाएका छन्।

मोटरसाईकलमा पिछा गर्दै आएका अज्ञात व्यक्तिले गोली हानेर पाँच लाख रुपैया समेत लुटेर फरार भएको पिडित परिवारका एक सदस्यले बताए। उनीसंग श्रीमती विजयलक्ष्मी कुर्मी समेत मोटरसाईकलमा पछाडी सवार थिईन। उनीलाई भने गोली लागेको छैन। पतिलाई गोली लागेपछि उनी वेहोस अवस्थामा छन्। उनका तीन छोरी र एक नौं महिनाको काखमा नावालाक छोरा छन्।

उनका दुवै छोरा दाजुभाई वैदेशीक रोजगारी थिए। भाईको हत्यापछि दाजु विदेश जान छोडेका थिए। गाऊघरमा मिलनसार दुवैदाजुभाईको एकपछि हत्याको खवरले स्थानियवासी शोकमा ढुवेका छन्।

मेरा दुवै छोराको हत्या भयो। दुईवर्ष पहिला कान्छा छोराको हत्या आज ठूलो छोरालाई गोली ठोकेर मारे। यो देसको सरकार र प्रहरीले अझसम्म अपराधी पक्राउ गरेन। खै हाम्रो सुनुवाई भएको ? मृतकका बावु कृष्णलाल कुर्मीले भने।

देसको सरकार र प्रहरीले छोरा मार्ने अपराधी अझै समातेन। कोई पता लगाएको ? खोई हाम्रो सुरक्षा?

घटनास्थलमै ज्यान गुमाएका कुर्मीको शव घटनास्थलबाट उठाएर भिम अस्पताल भैरहवाको मुर्दाघरमा राखिएको छ। मृतकका बाबु कृष्णलाल कुर्मीले छोराको शव सनाखत गरी अपराधी पक्राउ गरी कडाभन्दा कडा कार्वाहीको माग गरी जाहेरी दरखास्त समेत दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारीदिनुभयो।

मृतकको शव सोमवार पोष्टमार्टमपछि पिडित परिवारलाई बुझाउने सहमती भएको संघिय प्रहरी ईकाई कार्यालय भैरहवाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चन्द्रकुमार थापाले बताए। उक्त घटनापछि आईतवार दिउसो स्थानियले अपराधीलाई ततकालै पक्राउ गर्द दवाव दिदै घटनास्थलबाट केहिसमय प्रहरीलाई शव उठाउन दिएका थिएनन।

मृतक कुर्मी लु९प८२३५ नम्वरको मोटरसाईकलमा सवार थिए। कुर्मीले हेडमेड लगाएर मोटरसाईकल चलाईरहेको हुदा हत्याराले उनको टाउको नहानी काखीमुनी गोली हानेका थिए। मोटरसाईकलमा सवार रहेका अज्ञात दुईजनाले भैरहवादेखिनै अघिपछि गर्दै पिछागरीरहेको प्रत्यक्षदर्शी मृतककी पत्नीले भावविव्हल अवस्थामा बताएको स्थानिय संजय कुर्मीले बताए।

अपराधी पता लगाउन स्थानिय राजनैतिक दलका नेता एवं स्थानियवासीले प्रहरीलाई कडा रुपमा दवाव दिएका छन्। प्रहरीले चौतर्फी रुपमा सर्ज अप्रेसन जारी राखी अपराधीको व्यापक खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताउनुभयो।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share