Breaking News
Home / Featured / घर–घरमा चर्पीको लहर

घर–घरमा चर्पीको लहर

नेपाल सरकारले सन् २००२ देखि चालेको ‘एक घर एक चर्पी’ निर्माणको अभियान १७ वर्षपछि पुरा हुदैंछ। हुनत सरकारले सन २०१७ भित्रै सवै घरधुरीमा चर्पी (शौचालय) बनाएर सवैले प्रयोग गर्ने महत्वकाक्षी लक्ष्य बोकेर निरन्तर रुपमा अगाडी बढेको थियो।

यस अभियानमा प्रदेश ५को कपिलवस्तु र बाके जिल्ला पनि केहि हदसम्म बाधकका रुपमा खडा भएका छन्। यस सवालप्रति हामी गंभिर बनेका छौं र हाम्रो पनि चिन्ताको विषय बनेको छ। सन् २०१५ सम्म नेपालका सवै जिल्लाहरुमा खुलादिसामुक्त गर्ने सरकारी प्रतिवद्धता थियो। तीन वर्ष पहिलै पुरा हुनुपर्ने तोकिएको लक्ष्य अझै पुरा हुन सकेको छैन। 

प्रत्येक घरधुरीमा चर्पी बनाउने र चर्पीमा मल–मुत्र विसर्जन गर्ने बानीको विकास गराउन मात्रै १७ वर्ष पुरा भएको छ। यसका लागि वर्षेनी करौडौं रुपैया खर्च भएको छ।

यसको लेखोजोखा एकातिर होला, अर्कोतर्फ नागरिकको हानी बानी एवं जनचेतना, स्वास्थ्य शिक्षाको स्तरपनि मापन भएको छ। घुहुमुत तर्काउन यत्रो लगानी र समय लिने हामीले अब सोचौं त विकास र समृद्ध नेपालको सपना साकार पार्नमा के कसरी योगदान पुराउन सक्छौं ?

पछिलो संघीय संरचना अन्तर्गत कपिलवस्तु जिल्लाका १०वटा स्थानिय सरकार पालिकामध्ये ३ वटा नगरपालिका र शुद्धोधन गाँउपालिका खुलादिसा मुक्त हुन बाँकी देखिएका छन्। अन्य पालिकाहरुलाई औपचारिक रुपमा खुला दिसामुक्त घोषणा भईसकेका छन्।

तर खुल्ला दिसामुक्त घोषणा गरिएका ती क्षेत्रहरुमा अहिले पनि फोहोर देखिन्छ। स्थानियमा अझैपनि खेतबारी, झाडी, खोल्छाखोल्सी, सडक किनारमा खुला रुपमा शौच बस्ने बानीमा अझै परिवर्तन आएको छैन। यस्तो प्रवृति देखिनु भन्न पनि लाजमर्दो कुरा हो।

कपिलवस्तु जिल्लाको कृष्णनगर हिजो औपचारिक रुपमा खुला दिसामुक्त घोषणा गरेको छ। नगरपालिकाले ‘कृष्णनगर नगरपालिकाको स्वाभिमान, अबको पालो पुर्ण सरसफाइ अभियान’ भन्ने मुल नारा समेत तय गरी व्यवहारीक एवं प्रभावकारी रुपमा अगाडी बढ्ने अभियान थालिएको नगरप्रमुख रजतप्रताप शाहले दावी गर्नुभयो। पूर्व राज्यमन्त्री सुरेन्द्रराज आचार्यले नगरपालिकालाई खुला दिसा मुक्त घोषणा गरेका थिए।

खुला शौच गर्ने परिपाटीलाई अन्त्य गर्न विशेष अभियान जारी रहने निमीत प्रशासकीय अधिकृत दिनेश थापाको भनाईछ। विगतमा झै यसरी जिम्मेवार एवं सरोकारवाला पक्षबाट बारम्वार प्रतिवद्धता आउने गरेका छन्।

यसअघि अघिल्लो साता कपिलवस्तु र शुद्धोधन गाँउपालिका औपचारिक रुपमा खुला दिसामुक्त घोषणा भएका छन्। महाराजगंज नगरपालिकाका सबै वडाका घरधुरीमा चर्पी निर्माणको कार्य सम्पन्न भएकाले औपचारिक रुपमा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको नगरप्रमुख अव्दुल कलामले प्रतिवद्धता जाहेर गरे।

यसैगरी बुद्धभूमी नगरपालिका र शुद्धोधन गाँउपालिकाले पनि पछिलो समयमा गरेको आआफनो प्रतिवद्धता अनुसार यहि भदौं महिनामा नैं खुला दिसामुक्त घोषणा कार्यक्रम गरेका छन्। प्रतिवद्धता गर्नु नैतिक बन्धनको कसीमा पर्नु हो। विगतमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन धेरै फितलो हुदा लक्ष्य अनुसार प्रगति हुनसकेन।

सुरुमा सन् २०१५ भित्रै लक्ष्य अनुसार जिल्लालाई खुला दिसामुक्त गरिने प्रतिवद्धता भएका थिए। तर ती प्रतिवद्धताहरु वर्षनी सहर्दै दोहोरीदै आएका छन्। अब पनि प्रतिवद्धता पुरा गर्ननसके जिम्मेवार पक्षको नैतिकतामाथि ठूलो प्र्रश्न चिन्ह खडा हुनेछ।

तसर्थ, जिम्मेवार बनौं र काम पुरा गर्न हामी पुन आग्रह गर्दछौं। हाल कपिलवस्तु जिल्लावासीको हानीबानीमा क्रमीक सुधार आएको छ र प्रत्येक घरमा चर्पी निर्माणको लहर चलेको छ । जसको फलस्वरुप कपिलवस्तु जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नै औपचारिक कार्यक्रम बनेको छ।

यो चुनौतीलाई ढिलै भएपनि पुरा गर्नसकेकोमा जिल्ला समन्वय समिती, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय एवं सम्वद्ध सरोकारवाला पक्ष एवं स्थानिय नागरिक समुदायलाई धन्यवाद दिनैपर्दछ।

यो नया सिकाई एवं अनुभवबाट अब सरोकारवालाको सक्रियतामा छिट्टै नै नेपाललाई पूर्ण सरसफाई, पूर्ण खोप, पूर्ण साक्षरता, पूर्ण खानेपानीको प्रवन्ध मिलाउनेमा भूमीका खेल्नुपर्छ।

कपिलवस्तु, बाकेलगायतका अन्य नेपालका ७७ वटैं जिल्लाहरु खुला दिसामुक्त घोषीत भएपछि आसन्न असोज १३ गते नेपाललाई पुर्णरुपमा खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रम संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको छ। उक्त लक्ष्य र योजनाप्रति हाम्रो पनि समर्थन छ।

प्रदेशमा पछाडी परेको कपिलवस्तु खुलादिसामुक्त हुदैं (फोटो फिचर)

महाराजगंज नगरपालिका खुलादिसामुक्त घोषणा हुदाको झलक

बुद्धभूमी नगरपालिका खुलादिसामुक्त घोषणा हुदाको झलक

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share