Breaking News
Home / जीवनशैली/स्वास्थ / आन्तरिक मामिला तथा कानुनमन्त्री केसी आइसोलेसनमा

आन्तरिक मामिला तथा कानुनमन्त्री केसी आइसोलेसनमा

बुटवल। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी कोरोना भाईरसको लक्षण सहित बिरामी परेका छन्।

कोरोना सक्रिय मन्त्री केसी शुक्रवार मन्त्री निवासभित्रै होम आईसोलसनमा छन्। उनको इमरजेन्सी एक्सपर्ट टेस्ट द्रुत स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले जानकारीदिएका छन्।

प्रदेसको नाम र राजधानी केन्द्र तोक्न यससाता विशेष सक्रिय देखिएका आन्तरिक मामिला तथा कानुन मन्त्री बुधवारदेखि रुघा खोकी सहितको ज्वरो आएपछि शुक्रवार विहान लुम्विनी प्रादेशीक अस्पताल बुटवलमा मन्त्री केसीेको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

मंगलबार प्रदेससभामा दुईतिहाई बहुमतबाट प्रदेसको राजधानी देउखुरी उपत्याकामा राख्ने र प्रदेसको नाम लुम्विनी राख्ने निर्णय पारित भएको थियो।

यसैगरी रुपन्देही तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे, सिद्धार्थनगर नगरपालिकाका मेयरकी पत्नी, उपप्रमुख उमा काफ्ले लगायत जनप्रतिनिधीहरुमा कोरोना देखिएको छ। कोरोनाबाट सिद्धार्थनगर नगरपालिका वडा नं. ५का निर्वाचित वडा अध्यक्ष ४७ वर्षीय ईन्जिनीयर सुवोध तुलाचनको निधन भएको छ।

भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापीबाट उपचार गर्दा समेत बचाउन नसकिएको अस्पतालका जनसम्पर्क अधिकृत शुशील गुरुङले वताए।

अस्पतालका प्रशासन प्रमुख तेज केसीले वडा अध्यक्ष इन्जिनीयर तुलाचनमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्णरुपमा खराब अवस्थामा रहेको बताए।

रुपन्देहीमा दिनप्रतिदिन कोरोना संक्रमीत विरामीहरुको वढेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा संक्रमितको संख्या ३ हजार ४ सय ५ संक्रमीत पहिचान भईसकेका छन्।

शुक्रवारसम्म रुपन्देहीमा १११८ महिला र २२८५ पुरुषमा कोरोना देखिएको छ। जसमा ९१५ जना सक्रिय संक्रमित छन भने हालसम्म ३० जनाको निधन भएको छ।

लुम्विनी प्रदेसका १२ जिल्लामा कोरोना संक्रमणको अवस्था : हेर्नुहोस् तालिका

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share